मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा यात्रुवाहक गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। मंगलबार दिउँसो करिब १ बजेको समयमा त्रिभुवन राजपथ अन्तर्गत वडा नम्बर ९ को छैसठ्ठी मोडमा ब्रेक फेल भई विङ्गर गाडी दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चित्लाङबाट सर्लाहीको लालबन्दी जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको गाडी सडकबाट झण्डै २० मिटर तल खसेको थियो। दुर्घटनामा गाडी एक रुखमा अड्किएपछि अझ ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका १४ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको उद्धार गरी हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
Leave a Reply