Author: mewsmedia2024
-
शाहीको आरोप : कानुनविपरीत गभर्नर नियुक्ति गरिएको
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामा कानुनी मापदण्ड नपुर्याइएको आरोप लगाएका छन्। बुधबार संसद्को अर्थ समितिको बैठकमा बोल्दै उनले गभर्नर विश्वनाथ पौडेलको नियुक्तिलाई चुनौती दिएका हुन्। उनका अनुसार राष्ट्र बैंक ऐनमा स्पष्ट रूपमा गभर्नर पदका लागि कुनै पनि राजनीतिक दलको सदस्य नरहनुपर्ने व्यवस्था छ, जुन वर्तमान…
-
अर्थमन्त्रीलाई कांग्रेस सांसद मिश्रको आग्रह: “यसपालि रक्सी र चुरोटमा कर नबढाउनुस्”
काठमाडौं — नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले आगामी आर्थिक वर्षको बजेटमा रक्सी र चुरोटमा कर नबढाउन अर्थमन्त्रीलाई बिन्ती गरेका छन्। बुधबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद मिश्रले व्यापारीहरूको ‘चालाकी’को भण्डाफोर गर्दै भने, “कर बढ्ने हल्ला चल्नासाथ व्यापारीहरूले उत्पादन बढाएर गोदाममा सामान थुपार्छन् र बजारमा अभाव देखाउँछन्। यस्तो दम्भको अन्त्यका लागि यसपटक कर नबढाउनुहोस्।” उनले…
-
भैरहवा विमानस्थल उपसमितिमा माओवादीको प्रतिनिधित्व नहुँदा आपत्ति
काठमाडौं । सार्वजनिक लेखा समितिले गठन गरेको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन उपसमितिमा नेकपा (माओवादी केन्द्र) को प्रतिनिधित्व नहुँदा आपत्ति जनाइएको छ। बुधबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा माओवादी केन्द्रका सांसद राजन दाहालले उपसमितिमा आफ्नो दललाई समावेश नगरिएको विषय उठाएका हुन्। उनले समितिमा माओवादीको अनुपस्थितिलाई असन्तुलित प्रतिनिधित्वको संकेतको रूपमा व्याख्या गरे। उक्त उपसमितिको संयोजक नेपाली कांग्रेसकी…
-
यसपालिको मनसुनमा वर्षा र गर्मी दुवै बढ्ने प्रक्षेपण
काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले यसपालिको मनसुन अवधिमा सरदरभन्दा धेरै पानी पर्ने र तापक्रमसमेत बढी हुने प्रक्षेपण गरेको छ। बुधबार ललितपुरमा आयोजित ‘राष्ट्रिय मनसुन फोरम’ कार्यक्रममा मौसमविद्हरूले देशभरि मनसुनको प्रभाव अधिक रहने र क्षतिको जोखिम समेत बढ्न सक्ने बताएका हुन्। विभागकी वरिष्ठ मौसमविद् विभूति पोख्रेलका अनुसार, यस वर्ष मनसुन अवधिभर ५५ देखि ६५…
-
गोरखाको फिनाममा बसको ठक्करबाट एक जनाको मृत्यु, अर्का घाइते
गोरखा — गोरखाको फिनाममा बसको ठक्करबाट एक सात वर्षीया बालिकाको ज्यान गएको छ भने अर्की एक महिला घाइते भएकी छन्। गोरखा सदरमुकामबाट आरूघाटतर्फ गइरहेको ग २ ख ९२९ नम्बरको यात्रुवाहक बसबाट ओर्लने क्रममा दुर्घटना भएको हो। बसबाट ओर्लन लाग्दा बालिका गम्भीर घाइते भइ घटनास्थलमै ज्यान गुमाएकी हुन्। उनीसँगै रहेकी आमा भने घाइते अवस्थामा उपचारका लागि…
-
पोखरा विमानस्थलको प्रतिवेदन अपुरो रहेको गोकुल बाँस्कोटाको टिप्पणी
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी लेखा समितिको उपसमितिबाट प्रस्तुत प्रतिवेदन अपुरो रहेको भन्दै नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले असन्तुष्टि व्यक्त गरेका छन्। बुधबार संसदको लेखा समितिमा प्रतिवेदनमाथिको छलफलका क्रममा पूर्व सञ्चारमन्त्री बाँस्कोटाले उपसमितिले केही महत्त्वपूर्ण बुँदाहरू समेट्न छुटाएको टिप्पणी गरे। उनले उपसमितिका सभापति ऋषिकेश पोखरेलले फरक मत राख्ने सदस्यहरूको भनाइलाई ‘फरक मत’ नभइ ‘पूरक मत’…
-
बर्नमाउथलाई हराउँदै म्यानचेस्टर सिटी तेस्रो स्थानमा
म्यानचेस्टर सिटीले बर्नमाउथलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रिमियर लिग अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। गएराति इतिहाड स्टेडियममा भएको खेलमा घरेलु टोली सिटीले पहिलो हाफमै दुई गोल गर्दै दबदबा कायम गरेको थियो। खेलको १४ औं मिनेटमा ओमार मारमुसले पहिलो गोल गर्दै अग्रता दिलाए भने ३८ औं मिनेटमा बर्नान्डो सिल्भाले दोस्रो गोल थपे। ६७ औं मिनेटमा…
-
दुई हिमाल आरोहणपछि कविता नेपालीले के भनिन्?
काठमाडौँ । डान्सर तथा अभिनेत्री कविता नेपालीले हालै सगरमाथा र ल्होत्से हिमालको सफल आरोहण गरेकी छन् । उनले एकै सिजनमा दुई शिखर आरोहण गरेकी हुन्, त्यो पनि एक दिनको अन्तरालमा । कविताले बुधवार सामाजिक सञ्जालमार्फत सगरमाथा र ल्होत्से शिखरका तस्बिरहरू सार्वजनिक गरेकी छन् । ती तस्बिरहरूमा उनी दुवै शिखरको चुचुरोमा पुगेर नेपाली राष्ट्रिय झन्डा फहराउँदै…
-
शिक्षा समितिको बैठक सुरु, विद्यालय शिक्षा विधेयकमा दफावार छलफल हुने
काठमाडौँ — सिंहदरबारमा आज बुधबार दिउँसो प्रतिनिधिसभाको शिक्षा समितिको बैठक सुरु भएको छ। बैठकमा शिक्षा उपसमितिले तयार पारेको विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदनमाथि छलफल सुरु गरिएको छ। समितिका सदस्यहरूले विधेयकबारे आ–आफ्नो धारणा राखिरहेका छन्। प्रतिवेदनमा उठाइएको विषयहरूबारे विस्तृत रूपमा छलफल गरी दफा–दफामा अध्ययन गर्ने कार्यसूची रहेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त पनि बैठकमा…
-
गौशालामा यात्रुवाहक बस अनियन्त्रित, ७ सवारीलाई ठक्कर
काठमाडौँको गौशालास्थित पिंगलास्थानमा बुधबार यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटना भएको छ। एयरपोर्टतर्फ गइरहेको बा.५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बसले अन्य ७ वटा सवारी साधनलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिएका छन्। दुर्घटनामा परेर ३ जना घाइते भएका छन्। घाइते हुनेमा धादिङका ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोटका २२ वर्षीय…