Author: mewsmedia2024

  • बडागाउँ–वामी झेँदी पुल निर्माण सम्पन्न

    बडागाउँ–वामी झेँदी पुल निर्माण सम्पन्न

    गुल्मी — मुसिकोट नगरपालिका–३ को बडागाउँ र वडा नम्बर ७ को वामी जोड्ने झेँदी पुलको निर्माण कार्य सम्पन्न भएको छ। स्वीस सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त पुलको लागत कुल पाँच करोड १७ लाख ५० हजार ६६५ रुपैयाँ रहेको छ। सडक पुल कार्यक्रमका इञ्जिनियर श्रीराम प्रजापतिका अनुसार यो पुल ५६.३० मिटर लामो छ र लामो…

  • काठमाडौंको सिग्मा कलेजको क्यान्टिनमा आगलागी

    काठमाडौंको सिग्मा कलेजको क्यान्टिनमा आगलागी

    काठमाडौं — काठमाडौं महानगरपालिका–१६ स्थित सोह्रखुट्टेमा रहेको सिग्मा कलेजको क्यान्टिनमा बुधबार बिहान आगलागी भएको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार आगलागी ग्यास लिक भएर भएको हो। आगो लागेपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा बिहान ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जानकारी दिइएको छ। घटनामा क्यान्टिनका सामग्री पूर्णरूपमा…

  • कान्स फिल्म फेस्टिभलमा यस्ती देखिइन् जान्हवी कपूर (तस्बिरहरू)

    कान्स फिल्म फेस्टिभलमा यस्ती देखिइन् जान्हवी कपूर (तस्बिरहरू)

    ७८ औं कान्स फिल्म फेस्टिभलमा बलिउड अभिनेत्री जान्हवी कपूरले डेब्यू गरेकी छन्। फ्रान्सको ग्ल्यामरले भरिएको रेड कार्पेटमा जान्हवी परम्परा र आधुनिकताबीचको सेतु जस्तो देखिइन्। उनले लगाएको गाउन भारतीय डिजाइनर तरुण ताहिलियानीले तयार पारेका हुन्, जसले भारतीय सांस्कृतिक सुगन्ध र आधुनिक शैलीलाई मिश्रण गरेका थिए। यो विशेष गाउन उनकी दिवंगत आमा, अभिनेत्री श्रीदेवीको स्मृतिमा अर्पण गरिएको…

  • नेपालको भ्याट सुधार: यी १० उपायले बनाउन सकिन्छ विश्वकै नमूना कर प्रणाली

    नेपालको भ्याट सुधार: यी १० उपायले बनाउन सकिन्छ विश्वकै नमूना कर प्रणाली

    नेपालको कर प्रणालीमा मूल्य अभिवृद्धि कर (भ्याट) सबभन्दा महत्वपूर्ण स्रोत मानिन्छ। पछिल्लो समय सरकारले यो कर प्रणालीलाई सुधार गरेर संसारमै उदाहरणीय बनाउन योजनाबद्ध रूपमा अगाडि बढेको छ। आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा थुप्रै सकारात्मक सुधार गरिए पनि अझै प्रणालीगत खिचातानी, नीतिगत भुल र कार्यान्वयनको कमजोरीले यसको प्रभावकारिता खुम्चिएको छ। अब सरकार र सरोकारवालाले भ्याट…

  • यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना

    यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमी प्रणालीमा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको विभागको भनाइ छ। बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका…

  • बागलुङमा आन्तरिक पर्यटकको चाप उच्च, धार्मिक तथा शैक्षिक भ्रमणको मुख्य गन्तव्य

    बागलुङमा आन्तरिक पर्यटकको चाप उच्च, धार्मिक तथा शैक्षिक भ्रमणको मुख्य गन्तव्य

    बागलुङ, वैशाख — बिदेशी पर्यटकको तुलनामा न्यून आगमन भए पनि बागलुङ जिल्लामा आन्तरिक पर्यटकको आकर्षण पछिल्लो समय उल्लेखनीय रूपमा बढेको छ। धार्मिक, शैक्षिक भ्रमण र अवलोकनका लागि बागलुङले आन्तरिक पर्यटकलाई खिच्न थालेको छ। धार्मिक आस्थाका केन्द्रहरू कालिका मन्दिर, पञ्चकोट र कुडुँलेस्थित शालग्राम सङ्ग्रहालय क्षेत्रमा दैनिक सयौँको संख्यामा आन्तरिक पर्यटक देखिन थालेका छन्। तीर्थयात्रा तथा विद्यालय–क्याम्पसले…

  • अमेरिकामा स्वेच्छाले नछाड्ने आप्रवासीलाई १८ लाख डलरसम्म जरिवाना, सम्पत्ति जफत हुने नीति कडाइका साथ लागू

    अमेरिकामा स्वेच्छाले नछाड्ने आप्रवासीलाई १८ लाख डलरसम्म जरिवाना, सम्पत्ति जफत हुने नीति कडाइका साथ लागू

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी रूपमा अमेरिका बसोबास गरिरहेका आप्रवासीहरूमाथि कडा कदम चाल्दै १८ लाख अमेरिकी डलरसम्मको जरिवाना लगाउने नीति कार्यान्वयनमा ल्याएका छन्। यो कदमले आप्रवासी समुदाय, मानव अधिकारवादी समूह र अधिवक्ताहरूमाझ व्यापक चर्चा उत्पन्न गराएको छ। ट्रम्प प्रशासनले स्वेच्छाले अमेरिका नछाड्ने आप्रवासीहरूलाई जरिवाना तिर्न बाध्य बनाउने उद्देश्यले यो नीति अघि सारेको हो। हालै रोयटर्सले…

  • रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ भएन

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ भएन

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटको आज (बुधबार)का लागि तय गरिएको सुनुवाइ फेरि स्थगित भएको छ। मंगलबार न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उक्त मुद्दालाई हेर्दा हेर्दैमा राखेको थियो र बुधबार निरन्तरता दिने भनिएको थियो। तर, संवैधानिक इजलासमा बस्ने एक जना वरिष्ठ न्यायाधीश अनुपस्थित भएकाले सुवेदी संवैधानिक इजलासमा जानुपर्ने भयो।…

  • कुलिङ पिरियडबारे सचिवहरूको चलखेल, सेवा अवधि लम्ब्याउने दाउ

    कुलिङ पिरियडबारे सचिवहरूको चलखेल, सेवा अवधि लम्ब्याउने दाउ

    काठमाडौं — संघीय निजामती सेवा ऐनमा प्रस्तावित कुलिङ पिरियडप्रति सरकारका सचिवहरू असन्तुष्ट देखिएका छन्। उनीहरूले दुई वर्षे ‘कुलिङ पिरियड’ खारेज गराउन र ५८ वर्षको सेवा अवधिलाई ६० वर्ष पुर्‍याउन विभिन्न तहमा बार्गेनिङ गरिरहेका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको विधेयकमा अवकाश प्राप्त कर्मचारीलाई दुई वर्षसम्म संवैधानिक वा अन्य कुनै नियुक्तिमा जान…

  • माओवादी सांसद कुसारीद्वारा महिला समिति सभापतिमाथि माइक र नेमप्लेट प्रहार

    माओवादी सांसद कुसारीद्वारा महिला समिति सभापतिमाथि माइक र नेमप्लेट प्रहार

    काठमाडौं — सिंहदरबारस्थित प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको बैठकमा बुधबार अनपेक्षित घटना घट्यो। नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले समितिका सभापति किरणकुमार साहमाथि माइक र नेमप्लेटले प्रहार गरेकी छन्। बैठक सुरु भएको केहीबेरमै कुसारी ढिलो पुगेपछि सभापति साहले अनुमतिबिना बोल्न खोजेको विषय उठाए। त्यसैक्रममा तर्कबितर्क सुरु भयो र स्थिति तनावपूर्ण बन्दै गयो।…