Author: mewsmedia2024
-
बजेटको पूर्वसन्ध्यामा ईभी गाडीले भरिएको सुक्खा बन्दरगाह
काठमाडौं — नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक हुनु अघिको समयमा नेपालका प्रमुख नाकाहरू हुँदै ठूलो संख्यामा विद्युतीय सवारीसाधन (ईभी) भित्रिएका छन्। तातोपानी र रसुवागढी नाकाबाट विशेषगरी यी गाडीहरू ल्याइएका हुन्। व्यवसायीहरूका अनुसार जेठ १५ मा सार्वजनिक हुने बजेटमा अन्तःशुल्क तथा भन्सार महसुल बढ्न सक्ने सम्भावनाका कारण समयमै गाडी ल्याउने होड चलिरहेको छ। वैशाख महिनामा मात्रै…
-
प्रधानमन्त्री अस्वस्थ भएपछि प्रश्नोत्तर कार्यक्रम स्थगित
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि आजका लागि तय गरिएको सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रतिनिधि सभाको कार्यसूचीबाट हटाइएको छ। सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्रीले स्वास्थ्यका कारण प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी दिएपछि उक्त कार्यक्रम हटाइएको हो। यद्यपि, अन्य कार्यसूची भने यथावत् रहनेछन्। प्रतिनिधि सभाको बैठक मंगलबार बिहान ११ बजेका लागि तय गरिएको छ।
-
पर्सामा चोरी तस्करी नियन्त्रणका लागि सिसी क्यामेरा जडान सुरु
पर्सा जिल्लामा अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण गर्नका लागि विभिन्न संवेदनशील स्थानहरूमा सिसी क्यामेरा जडान थालिएको छ। स्थानीय राजस्व चुहावट नियन्त्रण समितिको निर्णयअनुसार वीरगञ्ज महानगरपालिका अन्तर्गतका छपकैया, सिर्सिया, बलिरामपुर र अलौँ क्षेत्रका दुई–दुई स्थानमा गरी जम्मा आठवटा सिसी क्यामेरा जडान गरिएको हो। सिसी क्यामेरा जडानका क्रममा केही स्थानमा अवरोध भए पनि सोमबार प्रमुख जिल्ला…
-
विदेश गएका श्रमिकको पैसाले कर्मचारीको भ्रमण र गाडी खर्च
काठमाडौं – वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले जम्मा गरेको वैदेशिक रोजगार कल्याणकारी कोषको रकम गलत तरिकाले खर्च गरिएको तथ्य महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनले उजागर गरेको छ। उक्त प्रतिवेदनअनुसार कोषको रकम सिधै कामदारको हितमा प्रयोग हुनुपर्ने हो भने पनि, विभिन्न कर्मचारी र वैदेशिक रोजगार व्यवसायीहरूको विदेश भ्रमण, गाडी खरिद र मर्मत, दूतावासमा कर्मचारी भर्ना लगायतमा…
-
पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणमा जाँदै
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जान लागेकी छन्। चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारको निमन्त्रणामा उनी जेठ १० गते चीनको राजधानी बेइजिङ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ। उक्त भ्रमणमा नेकपा (एमाले) का केही नेताहरू पनि पूर्वराष्ट्रपति भण्डारीसँगै सहभागी हुने जनाइएको छ। यद्यपि भ्रमणको विस्तृत कार्यतालिका अझै सार्वजनिक भइसकेको छैन, सहभागी नेताहरूको नाम पनि टुंगो…
-
लुम्बिनीको नीति तथा कार्यक्रम : कृषि उत्पादनलाई उच्च प्राथमिकता
बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि उत्पादनलाई उच्च प्राथमिकतामा राखेको छ। सोमबार प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममार्फत प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले कृषिलाई समृद्धिको मेरुदण्डका रूपमा विकास गर्ने रणनीति रहेको जानकारी दिएका छन्। जसअनुसार कृषकका खेतबारी सधैं हराभरा राख्ने, उत्पादकत्व वृद्धि गर्ने तथा घरदैलोमै कृषि सेवा पुर्याउने कार्यक्रम अगाडि सारिनेछ।…
-
डिएसपीले चलाएको गाडीले दियो कोशी प्रदेशका सांसद सवार गाडीलाई ठक्कर
मोरङ — कोशी प्रदेशका सांसदहरू चढेको गाडीलाई नेपाल प्रहरीका डिएसपीले चलाएको निजी गाडीले ठक्कर दिएको छ। सोमबार दिउँसो मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा सांसद सवार गाडीलाई ठक्कर दिइएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशीका अनुसार, बेलबारीबाट झापातर्फ जाँदै गरेको बा ५ च ३५३० नम्बरको कार झापा प्रहरी कार्यालयका डिएसपी खगेन्द्र खड्काले चलाइरहेका…