सरकारको नयाँ नीति: स्नातक माथिका विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने व्यवस्था लागू हुँदै म्युज खबर | काठमाडौं, वैशाख १९

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक नीति तथा कार्यक्रमअनुसार, स्नातक तहभन्दा माथिका विद्यार्थीलाई हप्तामा अधिकतम २० घण्टा काम गर्ने व्यवस्था सरकारद्वारा गर्न लागिएको छ।

‘कमाउँदै पढ्दै’ मोडेल: पढाइ र रोजगारी सँगसँगै

सरकारले यस नीतिलाई ‘कमाउँदै पढ्दै’ मोडेलको रूपमा अघि बढाउने तयारी गरेको छ।
नीतिमा उल्लेख गरिएको छ:

विद्यार्थीलाई अध्ययनसँगै काम गर्ने अवसर प्रदान गरिँदै न्यूनतम पारिश्रमिक निर्धारण गरिनेछ। यसले उनीहरूको आत्मनिर्भरता र व्यावसायिक सीप दुवै बढाउनेछ।

कसलाई लागु हुनेछ?

  • स्नातक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीहरू
  • हप्तामा अधिकतम २० घण्टा काम गर्न पाउने
  • न्यूनतम पारिश्रमिक निर्धारण गरिनेछ

उद्देश्य के हो?

  • आर्थिक रूपमा कमजोर विद्यार्थीलाई आर्जनको अवसर दिनु
  • पढाइसँगै वास्तविक सीप सिकाउने वातावरण सिर्जना गर्नु
  • श्रम, सीप, र शिक्षाको एकीकरण गर्नु

के कस्ता क्षेत्रमा कामको अवसर?

हाल विस्तृत कार्यविधि आउन बाँकी भए पनि प्रारम्भिक जानकारीअनुसार, विद्यार्थीलाई सरकारी तथा निजी क्षेत्रका कार्यालयहरू, अनुसन्धान परियोजना, सामाजिक संस्था वा नवप्रवर्तनमा आधारित परियोजनाहरूमा इंटरनशिप वा अंशकालिक रूपमा संलग्न गराइनेछ।