हेटौंडा – गएरातिको अविरल वर्षाले बागमती खोलाको डाइभर्सन बगाएपछि हेटौंडा–काठमाडौंलाई जोड्ने प्रमुख सडक मार्ग कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सीमास्थित बागमती खोलामा बनाइएको अस्थायी डाइभर्सन पानीको तीव्र बहावले बगाएको हो।
सो डाइभर्सनमार्फत सवारी साधनहरूको नियमित आवाजजावत हुँदै आएको थियो। तर, डाइभर्सन बगेसँगै सडक सम्पर्क टुटेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। घटनास्थलमा प्रहरी टोली खटिएको छ भने स्थानीय प्रशासन र सम्बन्धित निकाय मिलेर सडक खुलाउने प्रयास भइरहेको जानकारी प्राप्त भएको छ।
सडक अबरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् भने वैकल्पिक मार्गको खोजी पनि थालिएको छ। सवारी साधनहरूलाई हाल भित्री मार्ग वा वैकल्पिक राजमार्ग प्रयोग गर्न आग्रह गरिएको छ। मौसममा सुधार आएपछि मात्रै डाइभर्सन पुनःनिर्माणको सम्भावना देखिएको स्थानीय स्रोतले जनाएको छ।
Leave a Reply