भैरहवा — नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बुटवल–भैरहवा क्षेत्रमा नयाँ क्रेटा इभी सार्वजनिक गर्दै विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।
सिद्धि विनायक मोटोकर्प प्रालि, बुटवल र जगत मोटर्स प्रालि, भैरहवाको संयुक्त आयोजनामा बुद्ध भिल्ला, मध्यमराममा सम्पन्न उक्त कार्यक्रममा ग्राहकहरूको उल्लेखनीय सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ।
कार्यक्रममा ३० भन्दा बढी क्रेटा इभीको बुकिङ कन्फर्म भएको र १० वटा गाडीहरू सोही स्थानबाट ग्राहकलाई हस्तान्तरण गरिएको जानकारी दिइएको छ।
कम्पनीको अनुसार नयाँ क्रेटा इभीको आगमनले विद्युतीय सवारी सम्बन्धी सोच र शंका भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन सजिलो बनाएको छ। धेरै ग्राहकलाई इभी खरिद गर्दा स्पेयर पार्ट्स, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टका विषयमा शंका हुने गरेको पाइन्छ।
तर हुन्डाईले नेपालमै क्रेटा आइसिई (पेट्रोल) मोडलको उत्पादन शुरू गरिसकेको छ। क्रेटा इभी र आइसिई दुवै मोडल एउटै प्लेटफर्ममा आधारित भएकाले प्राविधिक वा सेवामा कुनै किसिमको समस्या नआउने कम्पनीले स्पष्ट पारेको छ।
साथै हुन्डाईले आफ्नो इभी इकोसिस्टम मजबुत बनाउन देशभर रि-लक्स चार्जिङ नेटवर्क विस्तार गरिरहेको छ। हालसम्म ६६ स्थानमा रि-लक्सका डिसी र एसी चार्जरहरू जडान भइसकेका छन्।
हुन्डाईले ग्राहकहरूलाई चाहे पेट्रोल होस् वा इभी मोडल, सेवा, पार्ट्स र सपोर्टमा कुनै समझौता नगर्ने दाबी गरेको छ। यसै उद्देश्यका साथ कम्पनीको उच्च व्यवस्थापन टोली देशभरका सहरहरूमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ।
Leave a Reply