काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट यथार्थपरक र आर्थिक अनुशासनमा आधारित हुने बताएका छन्। बिहीबार राजधानीमा आयोजित १०औँ नेपाल इन्टरनेशनल ट्रेड फेयरको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले सरकार बजेटको तयारी अन्तिम चरणमा रहेको जानकारी दिँदै भने, “अबको बजेट लगानीमैत्री हुने छ, प्राथमिकतामा उद्योग र पूर्वाधारको विकास रहनेछ।” विगतका कमजोरीलाई सुधार गर्दै अब ठोस र कार्यान्वयनयोग्य योजना ल्याइने उनको दाबी छ।
मन्त्री भण्डारीले औद्योगिक पूर्वाधार, विशेष आर्थिक क्षेत्र (SEZ) र रुग्ण उद्योगको पुनर्जीवनजस्ता क्षेत्रलाई नयाँ मोडालिटीमा अघि बढाउने तयारी भइरहेको बताए। उनले उच्चस्तरीय आर्थिक सुझाव तथा सुधार आयोगले दिएका सुझावहरूलाई बजेटमा समेटिने जनाउँदै साउन १५ भित्र रुग्ण उद्योगहरूको डिडिए (Due Diligence Audit) प्रक्रिया पूरा गरेर त्यसपछि ठोस निर्णय लिने प्रतिबद्धता व्यक्त गरे।
नेपालको आर्थिक प्रगतिको मूल आधार उद्योग र व्यापार भएको उल्लेख गर्दै मन्त्री भण्डारीले राज्य र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा पनि राखे।
Leave a Reply