अछाममा बुहारीमाथि बलात्कार आरोपमा ससुरा पक्राउ

अछाम — अछामको चौरपाटी गाउँपालिकामा ससुरा नाता पर्ने व्यक्तिमाथि बुहारीलाई बलात्कार गरेको गम्भीर आरोप लागेको छ। पीडित महिलाको जाहेरीका आधारमा प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार, घटनाको उजुरी जेठ २ गते दर्ता गराइएको थियो। पीडितले दिएको जाहेरीमा ससुराले विगत एक वर्षदेखि डर र धम्की देखाएर पटक–पटक यौन दुव्र्यवहार गर्दै आएको उल्लेख गरिएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले वैशाख २८ गते बिहान साढे ११ बजेतिर पीडितको घरमै जबरजस्ती बलात्कार गरिएको घटनालाई पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

हाल आरोपित प्रहरी हिरासतमा छन् र घटनासम्बन्धी थप अनुसन्धान अगाडि बढाइएको छ।