बुटवल_नारायणगढ सडकखण्डमा ७५ महिनामै उच्च मासिक प्रगति: हालसम्म ६४% काम सम्पन्न म्युज खबर | लुम्बिनी, वैशाख १८

बुटवल–नारायणगढ सडक खण्डमा पछिल्लो अप्रिल २०२५ मा आयोजनाले ७५ महिनामै सर्वाधिक मासिक प्रगति 3.63% हासिल गरेको छ। आयोजनाले हालसम्मको प्रगतिमध्ये यो आँकडालाई सबभन्दा उत्साहजनक बताएको छ।

सडक डिभिजन कार्यालयका अनुसार, मे २०२५ मा यो प्रगतिको आँकडा अझै बढ्ने अनुमान गरिएको छ।

८२% खण्डमा कालोपत्रे सडक खुला

वर्तमानमा कुल सडक लम्बाइको ८२ प्रतिशत भागमा कालोपत्रे गरिएको नयाँ सडकमा सवारी साधन गुड्न थालेका छन्। यसले यात्रुहरूलाई सहज, छिटो र सुरक्षित यात्रा अनुभव दिलाइरहेको छ।

अहिलेसम्म ६४% भौतिक प्रगति

आधिकारिक विवरण अनुसार, अप्रिल २०२५ सम्ममा कुल भौतिक प्रगति ६४% पुगेको छ। बाँकी ३६% कार्य अन्तिम चरणमा रहेको र काम तीव्र गतिमा अगाडि बढिरहेको जनाइएको छ।

यो सडक खण्ड नेपालको पूर्व–पश्चिम यात्राको सबैभन्दा व्यस्त र रणनीतिक महत्वको सडकमध्ये पर्दछ। नियमित ट्राफिक, भारी सवारी साधन र व्यावसायिक आपूर्तिको मूलमार्ग भएकाले यसको स्तरोन्नति यात्रु र व्यवसाय दुवैका लागि गेमचेन्जर साबित हुन लागेको छ।