Category: News
-
डिएसपीले चलाएको गाडीले दियो कोशी प्रदेशका सांसद सवार गाडीलाई ठक्कर
मोरङ — कोशी प्रदेशका सांसदहरू चढेको गाडीलाई नेपाल प्रहरीका डिएसपीले चलाएको निजी गाडीले ठक्कर दिएको छ। सोमबार दिउँसो मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा सांसद सवार गाडीलाई ठक्कर दिइएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशीका अनुसार, बेलबारीबाट झापातर्फ जाँदै गरेको बा ५ च ३५३० नम्बरको कार झापा प्रहरी कार्यालयका डिएसपी खगेन्द्र खड्काले चलाइरहेका…
-
सस्तो देखिने कालोपत्रे, महँगो सावित! सिमेन्ट सडकको माग चुलियो
कालोपत्रे (बिटुमिन) सडकको सट्टा अब सिमेन्टबाट टिकाउ सडक निर्माण गर्नुपर्ने आवाज उठेको छ। नेपाल सिमेन्ट उत्पादक संघले सोमबार आयोजना गरेको अन्तर्क्रियामा सरोकारवालाहरूले नेपालको पहाडी भूगोललाई ध्यानमा राख्दै कङ्क्रिट सिमेन्ट सडक उपयुक्त हुने दाबी गरेका छन्। उनीहरूको भनाइमा सुरुमा कालोपत्रे सडक सस्तो देखिए पनि, वर्षेनि मर्मत गर्नुपर्ने, चाँडै बिग्रिने, पानीले क्षति पुर्याउने जस्ता समस्याले दीर्घकालमा यो…
-
सरकारी कार्यक्रममा नआउनेहरूलाई आगामी कार्यक्रममा नबोलाउन प्रधानमन्त्री ओलीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आयोजनामा गरिने कार्यक्रममा नियमित रुपमा अनुपस्थित रहने व्यक्तिहरूलाई आगामी कार्यक्रमहरूमा नबोलाउन निर्देशन दिएका छन्। सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्री ओलीले नाम राखेर पटक–पटक निम्तो गरिए पनि कार्यक्रममा नआउने प्रवृत्ति बढ्दो रहेको उल्लेख गरे। उनको भनाइ थियो, ‘कहिल्यै नआउनेहरूलाई हरेक…
-
मनकामना अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम तीन महिनाका लागि रोकियो
भरतपुरस्थित मनकामना अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम तत्कालका लागि रोकिएको छ। बिमित तथा राज्य दुबै पक्षबाट पैसा लिएको पुष्टि भएपछि स्वास्थ्य बीमा बोर्डले अस्पतालमाथि कारबाहीस्वरूप सेवा स्थगन गरेको हो। बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेका अनुसार, बिरामीको उपचारपछिको भुक्तानी दाबी झुटो भएको देखिएपछि अस्पतालको बीमा सेवा तीन महिनाका लागि बन्द गरिएको हो। उनले भने, ‘अस्पतालले बीमा…
-
लमजुङमा ‘साम्बा चोक’ नामकरण, फुटबल खेलाडी साबित्रा भण्डारीको सम्मानमा चोकको नाम
लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ स्थित खुदिबजारमा अबदेखि ‘साम्बा चोक’ भनेर चिनिने भएको छ। नेपाल महिला राष्ट्रिय फुटबल टिमकी चर्चित स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’को नाममा उक्त चोकको नाम राखिएको हो। सोमबार गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले औपचारिक रुपमा स्तम्भ उद्घाटन गर्दै साम्बाको सम्मानमा चोकको नाम राखिएको घोषणा गरेका थिए। उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, वडा अध्यक्ष…
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
रोल्पा जिल्लामा लागुऔषध चरेससहित चार जना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा एक जना दाङ जिल्लाका हुन् भने बाँकी तीन जना रोल्पाका बासिन्दा रहेका छन्। दाङको लमही नगरपालिका–५ कोइलाबास रोड निवासी ३१ वर्षीय राजन गुप्ता रोल्पाको माडी गाउँपालिका–२ घर्ती गाउँमा कोठा भाडामा लिएर ‘हिल साइड अटो वर्कसप’ सञ्चालन गर्दै आएका थिए। प्रहरीले गुप्ताको कोठामा लागुऔषधको…
-
विद्यालयको जग खन्ने क्रममा सकेट बम फेला
रोल्पा — रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा रहेको भगवती माध्यमिक विद्यालयमा भवन निर्माणका लागि गरिएको खनाइको क्रममा सकेट बम फेला परेको छ। सोमबार दिउँसो विद्यालयको नयाँ भवन निर्माणको तयारीस्वरूप जग खन्ने क्रममा पुरानो समयमा गाडिएको अवस्थामा उक्त विस्फोटक पदार्थ भेटिएको हो। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक विजय चापागाईंका अनुसार घटना थाहा पाएलगत्तै प्रहरी टोली…
-
मोटरसाइकल दुर्घटनामा परी सब-इञ्जिनियरको मृत्यु
गुल्मी । गुल्मी जिल्लामा भएको मोटरसाइकल दुर्घटनामा परि एक सब-इञ्जिनियरको घटनास्थलमै मृत्यु भएको छ। दाङको गढवा गाउँपालिका–३ गोबडियाका २७ वर्षीय निशान चौधरीको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल सोमबार राति अनियन्त्रित भई नालीमा खस्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन्। चौधरी गुल्मीको इन्द्र एमके जेबी निर्माण सेवामा कार्यरत सब–इञ्जिनियर…