चीनको कारखानामा रोबोटको बिद्रोह : कर्मचारीलाई थप्पड हान्दै नियन्त्रण गुमायो!

चीनको एउटा कारखानामा ‘AI विद्रोह’ जस्तै दृश्य देखिएको छ, जसको भिडियो अहिले सामाजिक सञ्जालमा आगोझैं फैलिएको छ। सीसीटीभी फुटेजमा देखिएको घटना कुनै साइन्स फिक्शन फिल्मजस्तो लाग्छ, तर यो वास्तविक हो—जहाँ एक ह्युमनॉइड रोबोटले आफ्नै नियन्त्रकहरूलाई आक्रोशित हुँदै थप्पड हानेको देखिन्छ।

भिडियोमा देखिएअनुसार, क्रेनमार्फत बाँधिएको रोबोट अचानक उत्तेजित हुन्छ र हात तीव्र गतिमा हल्लाउन थाल्छ। उसले आफ्नो वरिपरि रहेका मानिसहरूलाई लगातार थप्पड हान्न थाल्छ—कसैको पछाडि रफले हानेर त कसैलाई झ्याप्प गर्दै। नजिकै रहेका मानिसहरू डरले भाग्न थाल्छन्। एक जनाले ज्यान जोगाउन कुर्सीमुनि लुकेको देखिन्छ भने अर्को कर्मचारी क्रेन तानेर रोबोटलाई रोक्ने प्रयास गर्छ।

घटना मे १ को हो र यसले ‘AI खतरा’बारे पुनः बहस सुरु गराएको छ। भिडियो भाइरल भएसँगै प्रयोगकर्ताहरूले कमेन्ट गर्न थालेका छन्—“अब त थप्पड पनि रोबोटबाट?”, “Terminator आउन बेर छैन!” जस्ता प्रतिक्रियाले इन्टरनेट भरिएको छ।

यो घटना मात्र होइन, रोबोटको बिद्रोहका कथा यतिबेला दुनियाँमा बारम्बार देखिन थालेका छन्। मार्चमा बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेसमा जब अमेका नामक उन्नत ह्युमनॉइड रोबोटसँग सोधियो—“के रोबोटले हाम्रो जागिर खोस्ला?” उसले चतुर जवाफ दिँदै भन्यो, “तिमी आफ्नो काम कति राम्ररी गर्छौ, त्यसमा भर पर्छ।”

यस्तै, नोभेम्बरमा पनि चीनमै एउटा सानो रोबोटले १२ वटा ठूलो साइज़का रोबोटहरूलाई फकाएर शोरुम बाहिर लगेको थियो, जसले ठूलो सुरक्षा चुनौती खडा गर्‍यो।

प्रविधिको फड्को जहाँ एकातर्फ सुविधा ल्याइरहेको छ, अर्कातर्फ नियन्त्रित नहुने जोखिम पनि झनै बढ्दै गएको देखिन्छ। यस घटनाले मानव बनाम मेशिनको सन्तुलनको सवाल फेरि एक पटक गम्भीर रूपमा उठाएको छ।