२७ वैशाख, धनगढी । धनगढीस्थित नाष्ट कलेजमा कक्षा १२ को परीक्षा दिइरहेकी एक युवती नक्कली परीक्षार्थीको रूपमा पक्राउ परेकी छन्।
गोदावरी नगरपालिका–९ की १९ वर्षीया सिर्जना बोहरा अर्कैको नाममा परीक्षा दिइरहेको अवस्थामा शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार, उनी एलिजा शाहीको नाममा परीक्षा दिइरहेकी थिइन्।
घटनापछि बोहरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको यो घटनाले सुरक्षा र निगरानी प्रणालीमाथि प्रश्न उठाएको छ।
Leave a Reply