मोरङ — कोशी प्रदेशका सांसदहरू चढेको गाडीलाई नेपाल प्रहरीका डिएसपीले चलाएको निजी गाडीले ठक्कर दिएको छ।
सोमबार दिउँसो मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा सांसद सवार गाडीलाई ठक्कर दिइएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशीका अनुसार, बेलबारीबाट झापातर्फ जाँदै गरेको बा ५ च ३५३० नम्बरको कार झापा प्रहरी कार्यालयका डिएसपी खगेन्द्र खड्काले चलाइरहेका थिए। सो गाडी विपरीत दिशाबाट आउँदै गरेको बिएई १४०६ नम्बरको गाडीमा ठोक्किएको हो।
उक्त गाडीमा सांसद मैया श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार थिए।
ठक्करका कारण केही सांसद सामान्य घाइते भएका छन् भने एक जनालाई अलि बढी चोट लागेको सांसद मैया श्रेष्ठले जानकारी दिइन्। उनी अहिले निवासमा आराम गरिरहेकी छन्।
Leave a Reply