लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ स्थित खुदिबजारमा अबदेखि ‘साम्बा चोक’ भनेर चिनिने भएको छ। नेपाल महिला राष्ट्रिय फुटबल टिमकी चर्चित स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’को नाममा उक्त चोकको नाम राखिएको हो।
सोमबार गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले औपचारिक रुपमा स्तम्भ उद्घाटन गर्दै साम्बाको सम्मानमा चोकको नाम राखिएको घोषणा गरेका थिए। उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, वडा अध्यक्ष हरिचन्द्र थापा, गुल्मपति, स्थानीय जनप्रतिनिधि तथा संचारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
साबित्रा हाल फ्रान्सको शीर्ष डिभिजन फुटबल क्लब ‘एना भान गेङगाङ्प’सँग आबद्ध छिन्। स्वदेशमा मात्र होइन, विदेशमा समेत उनले नेपाली महिलाको गौरव बढाउँदै आएकी छिन्।
कार्यक्रममा साम्बाका आमाबुबालाई समेत विशेष सम्मान प्रदान गरिएको थियो।
Leave a Reply