नवलपरासी — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणघाट सडकखण्डको मध्यविन्दु न.पा. वडा नं. ७ र ८ जोड्ने गिरुवारी खोलाको पुलको बीच भाग भाँचिँदा आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ। पुल भाँचिएको स्थानको जोखिमका कारण सडक यातायात ठप्प भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार, मल्टी एक्सल टेलर बाहेकका सवारी साधनहरूलाई वैकल्पिक मार्ग अपनाउन अनुरोध गरिएको छ।
प्रहरीका अनुसार,
- पूर्वबाट पश्चिमतर्फ जाने सवारीका लागि:
चोरमारा बजार हुँदै दक्षिणतर्फ तम्सरिया गाउँबाट हाल खोला (जहाँ पानी छैन) तरेर रानिटार हुँदै फुलबारी वा भिउरान मार्ग भएर अरुणखोलास्थित राजमार्गमा पुग्न सकिनेछ। - पश्चिमबाट पूर्वतर्फ आउने सवारीका लागि:
फुलबारीबाट दक्षिणतर्फ रानिटार, तम्सरिया गाउँ हुँदै चोरमारा बजारबाट वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ।
सवारी आवागमन सहज बनाउन र जोखिम न्यूनीकरणका लागि प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
Leave a Reply