काठमाडौँ, मे ११ — शंकर ग्रुपले हिल्टन होटलको बिक्री सम्बन्धी हालै सामाजिक सञ्जाल र केही अनलाइन मिडियामा आएका समाचारलाई “पूर्णतः भ्रामक र आधारहीन” भन्दै खण्डन गरेको छ। कम्पनीले आधिकारिक प्रेस विज्ञप्ति जारी गर्दै कुनै प्रकारको बिक्री प्रक्रिया नचलेको र सोबारे कुनै छलफलसमेत नभएको स्पष्ट पारेको हो।
शंकर ग्रुपअन्तर्गत सञ्चालित जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेड द्वारा हिल्टन काठमाडौँ सञ्चालनमा रहेको छ। ग्रुपले भनेको छ, “हिल्टन काठमाडौँ कुनै पनि विक्री प्रकृयामा छैन। राजनीतिक व्यक्तित्व र व्यापारिक घरानाको नाम जोडेर प्रचार गरिएको जानकारी झूटो हो, यसले व्यवसायको प्रतिष्ठा र राजनीतिक जीवनमा नकारात्मक असर पारेको छ।”
समाचारप्रति गम्भीर आपत्ति जनाउँदै ग्रुपले नेपालको प्रचलित कानून अनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ।
साथै, शंकर ग्रुपले सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आधिकारिक पुष्टि नभएका संवेदनशील विषयमा भ्रामक सामग्री प्रचारप्रसार नगर्न आग्रह गरेको छ। हिल्टन होटल दीर्घकालीन सेवा, गुणस्तरीय आतिथ्यता, र अतिथि सन्तुष्टि सुनिश्चित गर्दै सञ्चालन भइरहेको ग्रुपले पुनः दोहोर्याएको छ।e
Leave a Reply