किर्तिपुर रंगशाला: ३०० दिनको लक्ष्य चुक्दा प्रधानमन्त्री ओलीको चेतावनी

किर्तिपुरस्थित त्रिवि रंगशालामा प्यारापेट र फ्लड लाइट जडान गर्ने कार्य ३०० दिनभित्र सम्पन्न गर्ने घोषणाको म्याद सकिएको छ। तर काम निर्धारित समयमै पूरा नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित निकायलाई दुई महिनाभित्र गुणस्तरीय रुपमा काम सम्पन्न गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री ओलीले स्पष्ट रूपमा सोधे, “कुन लापरवाही, कमजोरी वा के कारणले निर्धारित समयमा काम सम्पन्न हुन सकेन?” र सोही अनुरूप कार्यान्वयनको स्पष्ट कार्ययोजना पेश गर्न निर्देशन दिएका छन्।

योजना निर्माणका क्रममा ट्रस्टले प्यारापेट (दर्शकदीर्घा)फ्लड लाइट जडानका लागि ३०० दिनको लक्ष्य राखेको थियो। तर, समय सकिएपनि निर्माणकार्य अलपत्र देखिएपछि प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका हुन्।

अब प्रधानमन्त्रीको निर्देशनअनुसार, दुई महिनाभित्र सबै निर्माण कार्य गुणस्तरीयरूपमा सम्पन्न गर्नुपर्नेछ।