अब सवारी लाइसेन्सको अवधि १० वर्ष: प्रतिनिधि सभाबाट विधेयक पारित म्युज खबर | काठमाडौं, वैशाख १८

अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स)**को अवधि १० वर्ष हुने भएको छ। प्रतिनिधि सभाले सोमबार पारित गरेको केही नेपाल ऐन संशोधन विधेयकमार्फत सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को प्रावधानमा संशोधन गरी लाइसेन्सको समयावधि पाँच वर्षबाट बढाएर १० वर्षबनाइएको हो।

पुनः नविकरणको झन्झट आधा घट्ने

अहिलेसम्म सवारी लाइसेन्सको म्याद ५ वर्षमा एक पटक सकिने र नविकरणका लागि यातायात कार्यालयको भीडमा परेर नागरिकले सास्ती खेप्नुपर्दथ्यो। तर अब यो नयाँ संशोधन लागू भएपछि एक पटक लिएको लाइसेन्स १० वर्षसम्म मान्य हुने छ।

जनमैत्री निर्णयको स्वागत

यातायात क्षेत्रका विज्ञहरूले यो निर्णयलाई जनमैत्री र समयसापेक्ष कदम भएको भन्दै स्वागत गरेका छन्। यसले प्रशासनिक खर्च, भीड र समयको बचत गर्नेछ भने नागरिकलाई पनि लाइसेन्स नविकरणमा सहजता मिल्नेछ।

सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा पनि दीर्घकालीन सोचका साथ कार्यान्वयन गर्नुपर्ने भन्दै यो निर्णयलाई सूचना प्रविधिमा आधारित लाइसेन्स व्यवस्थापन प्रणालीसँग जोड्नुपर्ने सुझावसमेत विशेषज्ञहरूले दिएका छन्।