काठमाडौं, ८ जेठ — विश्व सम्पदा सूचीमा सूचीकृत गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई युनेस्कोको खतरा सूचीमा नराख्ने विषयमा छलफल गरिएको छ।

यसै सन्दर्भमा बिहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र युनेस्को नेपाल प्रमुख याको डु टुइटबीच भेटवार्ता भएको हो। भेटमा मन्त्री पाण्डेले लुम्बिनीमा युनेस्कोको मापदण्ड अनुसार सुधारात्मक कार्यहरू भइरहेको जानकारी दिँदै, खतराको सूचीमा नपार्ने रणनीति निर्माणका लागि प्राविधिक र संस्थागत सहयोगको आवश्यकता रहेको बताए।
त्यस अवसरमा मन्त्री पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउने तथा अन्य सम्पदालाई प्रारम्भिक सूचीमा राख्ने विषयमा पनि सहयोगको आग्रह गरे।
युनेस्को नेपाल प्रमुख डु टुइटले पूर्ण सहयोगको प्रतिबद्धता जनाउँदै, हालै सम्पन्न अन्तर्राष्ट्रिय वैज्ञानिक समितिको बैठकमा लुम्बिनी र काठमाडौंका विषयमा सकारात्मक छलफल भएकोमा सन्तोष व्यक्त गरे।
Leave a Reply