काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले आगामी फागुनमा महाधिवेशन गर्ने तयारी गरेको छ ।
प्रतिष्ठानको महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । यद्यपि महाधिवेशन कहाँ गर्ने भन्ने स्थान भने अझै निर्धारण भएको छैन ।
प्रतिष्ठानमा हाल करिब ३० हजार साधारण सदस्य र ३ हजार हाराहारी आजीवन सदस्य रहेका छन् ।
महाधिवेशनसँगै प्रतिष्ठानले जिल्ला, प्रदेश, उपत्यका र विदेश कार्यसमितिहरूको अधिवेशन पनि एउटै दिन सम्पन्न गर्ने तयारी गरिरहेको जनाएको छ ।
Leave a Reply