चितवन, बैशाख २८ — चितवनको तुईनखोला नजिक नारायणघाट-मुग्लिन सडक खण्डमा आज बिहान करिब ७ बजे ट्रक पल्टिँदा दुबैतर्फ सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ।
वीरगञ्जबाट काठमाडौंतर्फ कोइला बोकेर जाँदै गरेको उक्त ट्रक आफैं अनियन्त्रित भई सडकमा पल्टिएको हो। चितवन प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मानवीय क्षति नभए पनि ट्रक पल्टिएको स्थानले दुबैतर्फको सडक अवरुद्ध बनाएको छ।
दुर्घटनास्थल मुग्लिनबाट करिब २ किलोमिटर दक्षिणमा पर्दछ। अहिले ट्रक हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। ट्राफिक व्यवस्था मिलाउने र बाटो खुलाउने कार्यमा सुरक्षाकर्मी तथा स्थानीय परिचालित भएका छन्।
Leave a Reply