२० वर्षअघि दर्शकलाई हसाएर लट्ठ पार्ने बलिउड ब्लकबस्टर ‘मुझसे शादी करोगी’ फेरि फर्किंदैछ, तर यसपटक पुराना नायकहरू बिना!
डेविड धवनको निर्देशनमा बनेको यस हल्का-फुल्का कमेडी फिल्मको सिक्वेल अब नयाँ स्टारकास्टसहित बन्ने तयारीमा छ। २००४ मा रिलिज भएको पहिलो भागमा सलमान खान, अक्षय कुमार र प्रियंका चोपडाको केमेस्ट्री दर्शकले निकै मन पराएका थिए। तर सिक्वेलमा भने न त सलमान रहनेछन्, न अक्षय!
भारतीय मिडियाका अनुसार निर्माता साजिद नाडियाडवाला र निर्देशक डेविड धवनले ‘मुझसे शादी करोगी २’ को स्क्रिप्टमा काम थालिसकेका छन्। र, नयाँ पुस्ताको रुचिलाई ध्यानमा राख्दै अब यो फिल्ममा वरुण धवन र कार्तिक आर्यनलाई प्रमुख भूमिकामा राख्ने तयारी भइरहेको छ।

एक नजिकको स्रोतले जानकारी दिँदै भनेका छन्, “साजिद नाडियाडवाला पुरानो फ्रेन्चाइजलाई एकदमै एक्साइटिङ ट्विस्टसहित फर्काउने सोचमा छन्। वरुण र कार्तिकको फ्रेश केमेस्ट्रीले पुरानो फ्लेवरलाई नयाँ स्वाद दिनेछ।”
फिल्मको आधिकारिक घोषणा भने हुन बाँकी छ, तर टिमको योजना यो फिल्मलाई सन् २०२६ भित्र रिलिज गर्ने हो।
के ‘मुझसे शादी करोगी २’ ले पुरानो जादु दोहोर्याउन सक्ला त? के वरुण र कार्तिक सलमान-अक्षयको जोडीलाई प्रतिस्थापन गर्न सफल होलान्?
Leave a Reply