काठमाडौं, वैशाख २८ — निर्देशक दिवाकर भट्टराईद्वारा निर्देशित फिल्म ‘नरसिंहा: अवतार’ जेठ ९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। सार्वजनिक ट्रेलरले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया बटुल्दै युट्युबमा राम्रो प्रदर्शन गरिरहेको छ।
शुक्रबार सार्वजनिक गरिएको ट्रेलरले आइतबार बिहानसम्म १० लाखभन्दा बढी भ्युज पाइसकेको छ। युट्युबको नेपाली मुभी सेक्सनमा ट्रेलर ३ नम्बरमा ट्रेन्डिङमा छ।
यो फिल्ममा राजेश हमालको आठ वर्षपछि पुनरागमन हुने भएकाले दर्शकको प्रतीक्षा झनै बढेको देखिन्छ। हमालसँगै फिल्ममा नीति शाह, राज कटुवाल, सनिशा भट्टराई, सरोज खनाल, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, दीपा शाही, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिव जंग बस्नेत, एल्भिना खड्का र समाइरा थापाको अभिनय रहेको छ।
फिल्ममा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपानेले लगानी गरेका छन्। ट्रेलरको भिजुअल, संवाद र प्रस्तुति शैलीले दर्शकहरूलाई आकर्षित गरिरहेको छ।
Leave a Reply