नाउपाले पठायो उद्योग मन्त्रीको नाम, आइतबार शपथ

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा रिक्त रहेको पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयका लागि मन्त्रीको नाम सिफारिस गरेको छ। पार्टीले आफ्ना सांसद रामेश्वर चौधरीलाई मन्त्री बनाउने प्रस्ताव मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष पठाएको हो।

मुख्यमन्त्री शाहले चौधरीलाई मन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन्। प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टका अनुसार चौधरीको मन्त्री पदको शपथ आइतबार अपराह्न ५ बजे हुने तय भएको छ।

यो सिफारिस नागरिक उन्मुक्ति पार्टीभित्र देखिएको आन्तरिक विवादका बीचमा गरिएको हो। आन्तरिक छलफल र दबाबका बाबजुद पार्टीले अन्ततः चौधरीको नाम टुंगो लगाएको हो। यसअघि मन्त्री पदमा अन्य सम्भावित उम्मेदवारहरूको चर्चा भए पनि अन्तिम निर्णय चौधरीको पक्षमा गरिएको हो।