सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकले ओडिसास्थित कलिंगा इन्स्टिच्युटमा नेपाली छात्रा प्रिशा साहको रहस्यमय मृत्यु घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सत्य तथ्य छानबिन गरी दोषी उपर कडा कारबाहीको माग गरेको छ। सभापति अम्मर बहादुर थापाले आगामी दिनमा यस्ता घटनाहरू दोहोरिन नदिन शिक्षा मन्त्रालयलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको बताए। बैठकमा शिक्षामन्त्री रघुजी पन्तले सरकार यस घटनाप्रति गम्भीर रहेको र परराष्ट्र मन्त्रालयसँग समन्वयमा रहेर अनुसन्धान अघि बढाइरहेको जानकारी दिएका छन्।

Leave a Reply