प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा वैदेशिक लगानी बढाउन आह्वान गरेका छन्।
शुक्रबार आयोजित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमा सडक, विद्युतजस्ता पूर्वाधारमा उल्लेखनीय प्रगति भइसकेको भन्दै अब सूचना प्रविधिमा लगानीको उपयुक्त वातावरण बनेको बताए।
“नेपाल आधुनिक प्रविधितर्फ उन्मुख हुँदैछ”
प्रधानमन्त्री ओलीले भने,
“नेपाल उर्बर छ, सम्भावना छ, आत्मविश्वास छ। अब हामी सूचना प्रविधिका माध्यमबाट सुशासन र सेवा प्रवाहलाई सरल बनाउँदै लैजानेछौं।”
उनका अनुसार:
- शिक्षा, स्वास्थ्य, यातायातलगायत क्षेत्रहरूमा सूचना प्रविधिको प्रयोग बढ्दै गएको छ।
- SEE परीक्षामा अनुत्तीर्ण हुने दर घटाउन अनलाइन कक्षा पहल सराहनीय कदम हो।
- नेपाल अब आफ्नै स्याटेलाइट अन्तरिक्षमा पठाउने योजनातर्फ अघि बढेको छ।
डेटा सुरक्षामा जोड, दुरुपयोगप्रति चेतावनी
प्रधानमन्त्री ओलीले अब नेपालले आफ्नै सुरक्षासहितको डेटा प्रणाली विकास गर्नुपर्नेमा जोड दिँदै प्रविधिको दुरुपयोगबाट होशियार रहन आग्रह गरे।
“सूचना प्रविधि मार्फत विकासको ढोका खोल्नुपर्छ, मान्छेको हुर्मत लिने उपाय होइन,” उनले भने।
नागरिक एपमा नयाँ सुविधा र सम्मान समारोह
कार्यक्रममा प्रधानमन्त्री ओलीले बागमती प्रदेश सरकारको सवारी चालक अनुमति पत्र (लाइसेन्स) र ब्लु बुकलाई नागरिक एपमा आबद्ध गर्ने कार्यको शुभारम्भ पनि गरे।
साथै, राष्ट्रिय सूचना प्रविधि अवार्डबाट प्रा.डा. शशीधर राम जोशी लगायत विभिन्न व्यक्ति र संस्थाहरूलाई सम्मान गरिएको थियो।
Leave a Reply