इस्लामावाद । भारत–पाकिस्तान बिचको चुलिँदो तनावका बीच, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले विश्वका व्यावसायिक विमानहरूलाई पाकिस्तानको आकाश प्रयोग नगर्न चेतावनी दिएका छन्।
रक्षामन्त्री आसिफले विशेष रूपमा सचेत गराउँदै भनेका छन् कि यस्तो संवेदनशील अवस्थामा कुनै पनि व्यावसायिक विमानले पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्दा दुर्घटनाको चपेटामा पर्न सक्ने सम्भावना रहन्छ। उनले यसलाई क्षेप्यास्त्र प्रहार वा आकस्मिक हवाई हमलाको जोखिमको रुपमा संकेत गरेका हुन्।
हालैका दिनहरूमा भारत र पाकिस्तानबीचको कूटनीतिक तथा सैन्य तनाव उच्च भएको छ। यसले गर्दा कयौँ अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले पाकिस्तानको हवाई मार्ग हुँदै हुने उडानहरू अस्थायी रूपमा स्थगित गरिसकेका छन्। केहीले वैकल्पिक मार्ग प्रयोग गर्न थालेका छन् भने अन्यले सम्पूर्ण उडान नै स्थगित गरेका छन्।
पाकिस्तान सरकारको यो चेतावनीले अझै अन्तर्राष्ट्रिय उडानहरूमा प्रभाव पर्ने देखिन्छ। यस्तै घटनाले एयर ट्राफिकमा अवरोध त ल्याउँछ नै, साथै यात्रुहरूको सुरक्षासम्बन्धी चिन्ता पनि बढाएको छ।
Leave a Reply