काठमाडौं – नेपाली फिल्म निर्माता शर्मिला पाण्डेले नयाँ प्रोजेक्टको घोषणा गरेकी छन्, जसमा अभिनेता प्रदीप खड्का र गौरव विष्ट मुख्य भूमिकामा देखिने भएका छन्।
फिल्मको सम्पूर्ण छायांकन अमेरिकामा हुने तय भएको छ। निर्माता पाण्डेका अनुसार यो फिल्म उनको छोरा सुरज पाण्डेले निर्देशन गर्नेछन्। सुरज यसअघि फिल्म ‘परस्त्री’ मार्फत निर्देशनमा डेब्यु गरेका थिए।
प्रदीप खड्काले हाल व्यस्तता भएको भन्दै छ महिनापछि समय दिन सक्ने बताएका छन्। त्यस्तै, गौरव विष्टले अघिल्लो फिल्म ‘परस्त्री’ मा शर्मिलासँग सहकार्य गरिसकेका छन्।
फिल्मको स्क्रिप्ट र अन्य कलाकारको छनोट प्रक्रिया चलिरहेको छ। निर्माता पाण्डेले पछिल्ला केही वर्षमा निरन्तर फिल्म निर्माण गर्दै आफूलाई यो क्षेत्रमा स्थापित बनाएकी छन्।
शर्मिलाले भनिन्, “यो प्रोजेक्ट हाम्रो लागि निकै स्पेशल छ। अमेरिकाको लोकेशन, नयाँ कथा र दमदार कलाकारहरूका साथ दर्शकलाई नयाँ स्वाद दिनेछौं।”
Leave a Reply