काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि डाकिएको छ । संसद् सचिवालयका अनुसार बैठकमा महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गरिनुका साथै छलफलका एजेन्डाहरू समावेश गरिएको छ ।
बैठकको सम्भावित कार्यसूचीमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ समावेश गरिएको छ । यस विधेयकमाथि सांसद प्रेम सुवालले दर्ता गराएको विरोधको सूचना निर्णयार्थ पेस गरिने छ ।
त्यसपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सो विधेयक सदनमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
यस्तै, बैठकमा चालू आर्थिक वर्षका लागि प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि पनि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
संसद् बैठक आजको दिन महत्वपूर्ण विधेयकको प्रस्तुतिसँगै आगामी बजेट तयारीका दृष्टिकोणले समेत महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
Leave a Reply