पिपुल्स पावरलाई हकप्रद सेयर निष्कासनको अनुमति

नेपाल धितोपत्र बोर्डले पिपुल्स पावर लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्ने अनुमति दिएको छ। कम्पनीले १:०.०५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो।

बोर्डबाट आज जेठ २ गते प्राप्त स्वीकृतिअनुसार अब कम्पनीले प्रत्येक १ सय कित्ता सेयर भएका शेयरधनीहरूलाई ५ कित्ताका दरले आवेदन दिन मिल्नेछ। कम्पनीले कुल ३१ लाख ६३ हजार कित्ता सेयर हकप्रदमार्फत निष्कासन गर्नेछ।

प्रति कित्ता एक सय रुपैयाँको दरले हुने उक्त निष्कासनबाट कम्पनीले कुल ३१ करोड ६३ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ। हकप्रद बिक्रीको प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पाएको छ