पोखरा, १६ – मरेको खसीको मासु काटेर बिक्री गरेको आरोपमा पोखराबाट दुई जना पक्राउ परेका छन्। पोखरा १६ स्थित मोडेल सप्लायर्समा कार्यरत ३८ वर्षीय मिलन गुरुङ र ३२ वर्षीय राम गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूको साथबाट मरेको खसीको ५४ किलो मासु बरामद गरिएको छ। उक्त मासु विक्रीका लागि तयारी अवस्थामा रहेको अवस्थामा बरामद गरिएको डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
हाल दुवै जनालाई कालोबजारी तथा सार्वजनिक अपराधको कसुरमा कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
Leave a Reply