पोखरा, कास्की – पोखराको शान्ति स्तुपाबाट छोरेपाटनतर्फ आउँदै गरेको गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा २६ जना यात्रु सवार थिए, जसमा ४ जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार १ ख ३८८६ नम्बरको गाडी बुधबार दुर्घटना भएको हो। घाइते यात्रुमध्ये २० जनालाई उपचारका लागि अस्पताल लगिएको छ।
कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतका अनुसार घटनाका बारेमा विस्तृत जानकारी आउन बाँकी रहेको छ।
सम्भावित कारण र थप विवरणको लागि प्रहरीले अनुसन्धान जारी राखेको छ।
Leave a Reply