पोखरा, कास्की — पोखराको सेती नदीमा हामफालेका एक युवकलाई सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ।
शुक्रबार बेलुकी पोखरा महानगरपालिका-१०, पृथ्वीचोकस्थित चिनियाँ पुलबाट अन्दाजी २०/२१ वर्षको एक युवकले सेती नदीमा हामफालेका थिए। सूचना प्राप्त भएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गणबाट विपद् व्यवस्थापन टोली परिचालन गरिएको थियो।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, उद्दार टोलीले राति ९:३५ बजे करिब ४५ मिनेटको प्रयासपछि युवकलाई अर्धचेत अवस्थामा खोँचको करिब १०० मिटर तलबाट उद्दार गरेको हो।
उनीलाई तत्कालै गण्डकी मेडिकल कलेजमा उपचारका लागि पठाइएको थियो।
Leave a Reply