सेती नदीमा बेपत्ता भएका ९ वर्षीय अमित विकको शव बुधबार सशस्त्र प्रहरी बलको गोताखोरले निकालेको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता र डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका अनुसार, अमित विक मंगलबार दिउँसो पौने २ बजे नदीमा डुबेर बेपत्ता भएका थिए।
सशस्त्र प्रहरी निरीक्षक वीरेन्द्र बमको नेतृत्वमा खटिएको गोताखोर टोलीले सुरक्षासँगै दिउँसो १ बजे शव ३० फिट गहिराइबाट निकाल्न सफल भएको हो।
Leave a Reply