प्रहरी नायव निरीक्षक राजनबहादुर खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

काठमाडौं । नेपाल प्रहरीका नायव निरीक्षक राजनबहादुर खड्का उपत्यका अपराध अनुसन्धान कार्यालयबाट वैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन्।

उक्त कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले खड्कालाई पुरस्कृत गर्दै उनी संगठन अपराध अनुसन्धानमा विशेष योगदान दिने प्रहरी अधिकारी रहेको बताए।

खड्का लामो समयदेखि काठमाडौं उपत्यकामा सक्रिय सङ्गठित अपराध, अपहरण र गुण्डागर्दी नियन्त्रणमा विशेष भूमिका निर्वाह गर्दै आएका छन्।

उपत्यकामा हुने आपराधिक गतिविधिको पृष्ठभूमि अध्ययन, सूचनाको विश्लेषण र अपराधीको पहिचानमा खड्काको विशेष योगदान रहेको बताइएको छ।