रुपन्देही, काठमाडौँ — प्रहरीले हुण्डी कारोबारको आशंकामा एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति मर्चवारी गाउँपालिका–८ का निदेश बानियाँ हुन्।
सिद्धार्थनगर नगरपालिका–५ स्थित मिलनचोकबाट बानियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीले जानकारी दिए। बानियाँको साथबाट स्रोत नखुलेको नगद १३ लाख ५० हजार रुपैयाँ बरामद गरिएको छ। उक्त रकम १ हजार र ५ सयको नोटमा रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बानियाँ हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको छ। थप अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
Leave a Reply