एकीकृत समाजवादीको युवा संघ महाधिवेशन संयोजकमा रोशन थापा नियुक्त

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संगठन ‘युवा संघ नेपाल’को नवौँ राष्ट्रिय महाधिवेशन आगामी भदौको अन्तिम साता काठमाडौंमा आयोजना हुने भएको छ।

पार्टीले एक सूचना जारी गर्दै महाधिवेशनको तयारीका लागि गठित आयोजक समितिको संयोजकमा नुवाकोटका रोशन थापालाई जिम्मेवारी दिएको जनाएको छ। त्यस्तै सह–संयोजकको जिम्मेवारी बाजुराका धर्म शाही र इलामका सञ्जिव राईलाई दिइएको छ।

महाधिवेशन तयारीलाई थप व्यवस्थित बनाउन युवा संघ नेपालका इञ्चार्जलाई एक हप्ताभित्र सुझाव पेश गर्न कार्यदल समेत गठन गरिएको छ। संयोजक धर्म शाही रहेको कार्यदलमा सञ्जिव राई, नरेश गिरि, प्रेम प्रधान र फइन्द्र तामाङ सदस्य रहेका छन्।

महाधिवेशनबाट संगठनलाई नयाँ नेतृत्व चयन गर्ने र भावी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।