रकारले संविधान विपरीत काम गरिरहेको छः सांसद शाही

काठमाडौँ । राप्रपाका प्रमुख सचेतक सांसद ज्ञानबहादुर शाहीले सरकारमाथि गम्भीर आरोप लगाउँदै संविधानविपरीत काम भइरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद शाहीले अभिव्यक्तिको स्वतन्त्रता कुण्ठित गरिएको र फरक विचार राख्ने नेताहरूलाई जेल हाल्ने काम संविधानको धारा २७० को उल्लङ्घन भएको दाबी गरे ।

उनले राप्रपाका युवा संगठन अध्यक्षलाई सामाजिक सञ्जालमा फरक मत राखेकै कारण जेल हालिएको उदाहरण दिँदै यस्तो प्रवृत्तिको आलोचना गरे । संसदको रोष्टमबाट प्रधानमन्त्री र गृहमन्त्रीले सार्वजनिक रूपमा फरक धारणा राख्नेलाई जेल हाल्ने चेतावनी दिएको भन्दै शाहीले संविधानभन्दा माथि को छ भन्ने प्रश्न गरे ।

शाहीले थपे, “यदि प्रधानमन्त्री वा गृहमन्त्रीलाई संविधान पालना गर्न गाह्रो छ भने उनीहरूलाई सरकारमा बस्ने कुनै नैतिकता रहँदैन ।”

त्यस्तै उनले काभ्रेको धुलिखेलमा विद्युतको पोलमा चढेर काम गर्दा करेन्ट लागेर मृत्यु भएका उपेश नेपालीको घटनालाई ‘हत्या’ को संज्ञा दिँदै, सशक्त छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरे ।