बिहान सवा ८ बजेदेखि राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक सुरु भइसकेको छ। उक्त बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी व्यवस्था गर्न बनेको संघीय निजामती सेवा विधेयक, २०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ।
यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल गरिने कार्यसूची रहेको छ।
त्यस्तै, बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमन, अन्तरक्रिया लगायत समितिको कार्ययोजना कार्यान्वयनसम्बन्धी विषयमा छलफल हुनेछ।
Leave a Reply