काठमाडौं, वैशाख २८ — आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनबाट पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट बहुमतले कार्यक्रम पारित गरिएको हो।
गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसपछि दुवै सदनमा छलफलपछि नीति तथा कार्यक्रम पारित गरिएको हो।
अब यही नीति तथा कार्यक्रमलाई आधार मानी सरकारले आगामी जेठ १५ गते आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्ने तयारी गरेको छ।
यस वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार, रोजगारी, लगानी, सामाजिक सुरक्षा, संघीयताको कार्यान्वयन, शिक्षा र स्वास्थ्यमा जोड दिइएको छ।
Leave a Reply