काठमाडौँ । विद्यालय शिक्षा विधेयक, २०८० को सन्दर्भमा शिक्षामन्त्री रघुजी पन्तले हतारमा प्रतिक्रिया नजनाउन आग्रह गरेका छन्। सोमबार संसद भवन, नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री पन्तले उपसमितिको प्रतिवेदनमाथि छलफल गर्न बाँकी रहेको र कतिपय विषयहरू अझै टुंगोमा नपुगेको स्पष्ट पारे।
उनले भने, “समितिको प्रक्रिया पुरा नभएको अवस्थामा हतारमा टिप्पणी गर्नु उचित हुँदैन। उपसमितिको सुझावहरूमा छलफल गरेर मात्र विधेयकको पूर्णता सुनिश्चित गरिनेछ।”
विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिले आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदनमाथि छलफल यही जेठ ७ गतेदेखि सुरु हुने तयारी रहेको छ।
यसबीच, शिक्षक महासंघले उपसमितिको प्रतिवेदनप्रति असन्तुष्टि जनाइसकेको छ। महासंघले विधेयकका केही बुँदाहरू शिक्षकको हितविरुद्ध रहेको तर्क गर्दै पुनरावलोकनको मागसमेत गरेको छ।
Leave a Reply