Tag: काठमाडौँ

  • सुनको भाउ तोलामा ११ सयले घट्यो

    सुनको भाउ तोलामा ११ सयले घट्यो

    ९ जेठ, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावाला सुनको भाउ प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन यो भाउ प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ थियो । यो हिसाबले हेर्दा आज सुनको भाउ प्रतितोला…

  • गौशालामा यात्रुवाहक बस अनियन्त्रित, ७ सवारीलाई ठक्कर

    गौशालामा यात्रुवाहक बस अनियन्त्रित, ७ सवारीलाई ठक्कर

    काठमाडौँको गौशालास्थित पिंगलास्थानमा बुधबार यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटना भएको छ। एयरपोर्टतर्फ गइरहेको बा.५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बसले अन्य ७ वटा सवारी साधनलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिएका छन्। दुर्घटनामा परेर ३ जना घाइते भएका छन्। घाइते हुनेमा धादिङका ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोटका २२ वर्षीय…

  • काठमाडौं अनामनगर र पशुपति क्षेत्रबाट जुवा खेल्दै गरेका १७ जना पक्राउ

    काठमाडौं अनामनगर र पशुपति क्षेत्रबाट जुवा खेल्दै गरेका १७ जना पक्राउ

    काठमाडौं उपत्यकामा प्रहरीले जुवा खेल्दै गरेका १७ जनालाई पक्राउ गरेको छ। शुक्रबार र शनिबार दुई छुट्टाछुट्टै स्थानबाट पक्राउ परेका उनीहरूमाथि हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शनिबार दिउँसो अनामनगरबाट १० जना पक्राउ परेका हुन्। काठमाडौं महानगरपालिका–२९ स्थित स्थानबाट पक्राउ पर्नेमा ४० वर्षीय रामजी बस्नेतसहित अन्य ९ जना रहेका छन्। उनीहरूको साथबाट दुई लाख ५७ हजार…

  • “काठमाडौँ उपत्यकामा चोरी भएका २२ ओटा दुई पाङ्ग्रे सवारी साधन धनीलाई हस्तान्तरण”

    “काठमाडौँ उपत्यकामा चोरी भएका २२ ओटा दुई पाङ्ग्रे सवारी साधन धनीलाई हस्तान्तरण”

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच यस कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले १६ ओटा मोटरसाइकल र ६ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन्। प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरू—मुलपानी, माकलबारी, सुकेधारा, गौरीघाट, काँडाघारी, नयाँबसपार्क, सोह्रखुट्टे, स्वयम्भु, चौमती, स्युचाटार, दरबारमार्ग, भैंसेपाटी, ठिमी लगायतका स्थानहरूबाट उक्त…

  • मखन टोलमा आगलागी, नियन्त्रण प्रयास जारी

    मखन टोलमा आगलागी, नियन्त्रण प्रयास जारी

    काठमाडौँ महानगरपालिका–२४ स्थित मखन टोलको महादेव चोकमा आज बिहान आगलागी भएको छ। दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको पुरानो कच्ची घरको तेस्रो तलाबाट ग्यास लिक भई सुरु भएको आगोले छेउमै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा पनि क्षति पुर्‍याएको छ। आगलागी भएको घरमा रहेका व्यक्तिहरूको उद्धार कार्य जारी रहेको छ भने आगो…

  • होटल राति १० बजेपछि जबरजस्ती बन्द: व्यवसायीको विरोध, सीडीओलाई ज्ञापनपत्र

    होटल राति १० बजेपछि जबरजस्ती बन्द: व्यवसायीको विरोध, सीडीओलाई ज्ञापनपत्र

    काठमाडौँ — राजधानीका होटल व्यवसायीले राति १० बजेपछि प्रहरीले होटल, रेष्टुरेन्ट र मनोरञ्जन स्थल जबरजस्ती बन्द गराएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्। जिल्ला होटल व्यवसायी सङ्घ काठमाडौँ र उद्योग वाणिज्य सङ्घ काठमाडौँले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो व्यवहारले व्यवसाय धराशायी बनाउने गुनासो गरेका हुन्।…

  • सडक विभागले काठमाडौँका सडकहरू स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी

    सडक विभागले काठमाडौँका सडकहरू स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी

    काठमाडौँ, २८ वैशाख — काठमाडौँ महानगरपालिका र सडक विभागबीच न्यूरोड क्षेत्रमा फुटपाथ विस्तारको विषयमा उत्पन्न विवादपछि सडक विभागले काठमाडौँ र ललितपुर महानगरपालिकाभित्रका अधिकांश सडकहरू स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी गरेको छ। विभागले राष्ट्रिय राजमार्ग बाहेकका सडकहरू स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। विभागका अनुसार, काठमाडौँ र ललितपुर महानगरपालिकाभित्रका १४७ किलोमिटर सडकहरू स्थानीय तहलाई…