Tag: कानुनी प्रक्रिया
-
मिथुन चक्रवर्तीको घर ‘अवैध’ घोषणाः बीएमसीले तोक्यो सात दिनको अल्टिमेटम
मुम्बई — बलिउड अभिनेता मिथुन चक्रवर्तीलाई मुम्बई महानगरपालिकाले ठूलो झट्का दिएको छ । बृहन्मुम्बई नगर निगम (बीएमसी) ले उनको मढ क्षेत्रको एरंगल गाउँमा रहेको घरलाई अवैध घोषणा गर्दै कारण देखाऊ सूचना जारी गरेको छ । बीएमसीका अनुसार मिथुनले आफ्नो घरमा भुइँतलामा अवैध निर्माण गरेका छन् । अब उनीसँग निर्माणको वैधता प्रमाणित गर्न सात दिनको समय…
-
कांग्रेस सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दर्ता
काठमाडौँ — नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मङ्गलबार मुद्दा दायर गरेको सहमहान्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए। राईलाई वैशाख १३ गते राति काठमाडौंको कपनस्थित निवासबाट पक्राउ गरिएको थियो। उनी स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित मुद्दामा फरार रहँदै…
-
नक्साल बाल मन्दिरको जग्गा लिज प्रकरणमा ठगीको मुद्दा: १७ जना विरुद्ध कारबाही, ६० करोडको बिगो माग
काठमाडौँ — नक्सालस्थित ऐतिहासिक नेपाल बाल मन्दिरको बहुचर्चित जग्गा लिज प्रकरणमा ठगीको आरोपमा ठूला राजनीतिक र प्रशासनिक नामहरूमाथि कारबाहीको प्रक्रिया सुरु भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी तथा बाल मन्दिरकी पूर्वअध्यक्ष रीता सिंह वैद्यसहित १७ जनाविरुद्ध ठगी अभियोगमा मुद्दा दायर गरेको हो। बुधबार दर्ता गरिएको उक्त मुद्दामा मुलुकी…