Tag: नेपाली राजनीति

  • एमाले धनुषा अध्यक्षमा भोला यादव निर्वाचित

    एमाले धनुषा अध्यक्षमा भोला यादव निर्वाचित

    नेकपा एमाले धनुषा जिल्लाको आठौं अधिवेशनबाट अध्यक्ष पदमा भोला यादव निर्वाचित भएका छन्। अधिवेशनमा अध्यक्षका लागि भोला यादव र लक्ष्मीनारायण यादवबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचनमा जम्मा ६२८ मत खसेको थियो। भोलाले ४०२ मत प्राप्त गर्दा लक्ष्मीनारायणले २०० मत मात्रै ल्याएका थिए। भोलालाई एमाले सचिव रघुवीर महासेठले समर्थन गरेका थिए भने लक्ष्मीनारायणलाई उमाशंकर अरगरियाको समर्थन थियो।…

  • सुद्धोधन गाउँपालिका अध्यक्ष श्री कमलेश शरण चौधरी सकुशल घर फर्किए
कपिलवस्तु

    सुद्धोधन गाउँपालिका अध्यक्ष श्री कमलेश शरण चौधरी सकुशल घर फर्किए कपिलवस्तु

    कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका अध्यक्ष श्री कमलेश शरण चौधरी सामान्य अनुसन्धानका लागि आफैं प्रहरीमा उपस्थित भएपछि, अदालतको आदेशअनुसार सकुशल आफ्नै निवास फर्किनु भएको छ। प्रहरी अनुसन्धानको प्रक्रिया अन्तर्गत उहाँले सम्पूर्ण विवरण स्पष्ट रूपमा प्रस्तुत गर्नु भएको थियो। अनुसंधान पश्चात अदालतबाट कुनै पनि किसिमको आपराधिक संलग्नता नदेखिएको पुष्टि भएसँगै उहाँलाई रिहा गरिएको हो। अध्यक्ष चौधरीले कानुनी प्रक्रियामा…

  • अर्थमन्त्रीलाई कांग्रेस सांसद मिश्रको आग्रह: “यसपालि रक्सी र चुरोटमा कर नबढाउनुस्”

    अर्थमन्त्रीलाई कांग्रेस सांसद मिश्रको आग्रह: “यसपालि रक्सी र चुरोटमा कर नबढाउनुस्”

    काठमाडौं — नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले आगामी आर्थिक वर्षको बजेटमा रक्सी र चुरोटमा कर नबढाउन अर्थमन्त्रीलाई बिन्ती गरेका छन्। बुधबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद मिश्रले व्यापारीहरूको ‘चालाकी’को भण्डाफोर गर्दै भने, “कर बढ्ने हल्ला चल्नासाथ व्यापारीहरूले उत्पादन बढाएर गोदाममा सामान थुपार्छन् र बजारमा अभाव देखाउँछन्। यस्तो दम्भको अन्त्यका लागि यसपटक कर नबढाउनुहोस्।” उनले…

  • माओवादी सांसद कुसारीद्वारा महिला समिति सभापतिमाथि माइक र नेमप्लेट प्रहार

    माओवादी सांसद कुसारीद्वारा महिला समिति सभापतिमाथि माइक र नेमप्लेट प्रहार

    काठमाडौं — सिंहदरबारस्थित प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको बैठकमा बुधबार अनपेक्षित घटना घट्यो। नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले समितिका सभापति किरणकुमार साहमाथि माइक र नेमप्लेटले प्रहार गरेकी छन्। बैठक सुरु भएको केहीबेरमै कुसारी ढिलो पुगेपछि सभापति साहले अनुमतिबिना बोल्न खोजेको विषय उठाए। त्यसैक्रममा तर्कबितर्क सुरु भयो र स्थिति तनावपूर्ण बन्दै गयो।…

  • लमजुङमा तरूण दलको अधिवेशन खुकुरी प्रहारकाण्डमा परिणत, चार जनाविरुद्ध जाहेरी

    लमजुङमा तरूण दलको अधिवेशन खुकुरी प्रहारकाण्डमा परिणत, चार जनाविरुद्ध जाहेरी

    लमजुङ — नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दल लमजुङको पाँचौँ जिल्ला अधिवेशन हिंसात्मक घटनामा परिणत भएको छ। अधिवेशनका क्रममा भएको खुकुरी प्रहारलगायत आक्रमणमा संलग्न भएको आरोपमा चार जनाविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी दर्ता गरिएको छ। घाइतेको तर्फबाट इन्दु अधिकारीले जिल्ला प्रहरी कार्यालय लमजुङमा जाहेरी दर्ता गरेकी हुन्। प्रहरी प्रमुख डिएसपी रेशम बोहोराका अनुसार जाहेरीमा…

  • सत्ता गठबन्धनमा खटपट, कांग्रेसले खोज्दै छ बहिर्गमन?

    सत्ता गठबन्धनमा खटपट, कांग्रेसले खोज्दै छ बहिर्गमन?

    काठमाडौं । सत्ता गठबन्धनभित्रको असहजता दिनप्रतिदिन सतहमा आउन थालेको छ। गभर्नर नियुक्ति जस्तो संवैधानिक प्रक्रिया पनि गठबन्धनभित्रको असमझदारीका कारण रोकिएको छ। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सार्वजनिक रूपमा गठबन्धनप्रति असन्तुष्टि व्यक्त गरेपछि राजनीतिक वृत्तमा अनेक अड्कलबाजी सुरु भएका छन्। सोमबार कास्की क्षेत्र नम्बर ३ को सम्मेलनमा महतले गठबन्धन सहज नभएको र कांग्रेसको धारणालाई महत्व नदिइएको…

  • रवि लामिछानेको रिट प्रधानन्यायाधीशको इजलासमा, पाँचौं पटक सुनुवाइ प्रयास

    रवि लामिछानेको रिट प्रधानन्यायाधीशको इजलासमा, पाँचौं पटक सुनुवाइ प्रयास

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट अब प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेको रिट सोमबार चौथो नम्बरमा सूचीबद्ध गरिएको छ। यसअघि सो रिट पटक–पटक विभिन्न इजलासमा सुनुवाइ हुन नसकेपछि अन्ततः प्रधानन्यायाधीशको इजलासमा परेको हो। लामिछानेसँगै रूपन्देही कारागारमा रहेका पूर्व डिआइजी छविलाल जोशीको रिट पनि…

  • जेठ ११ मा सुदूरपश्चिम प्रदेश सभा, नीति कार्यक्रमको तयारी

    जेठ ११ मा सुदूरपश्चिम प्रदेश सभा, नीति कार्यक्रमको तयारी

    धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आउँदो जेठ ११ गतेका लागि प्रदेश सभाको बैठक आह्वान गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बैठकको मिति तय गरेको हो। मुख्यमन्त्री कमलबहादुर शाहले बैठकबारे जानकारी दिंदै भनेका छन् कि मन्त्रिपरिषद्को निर्णयअनुसार जेठ ११ गते प्रदेश सभा बस्नेछ। सरकारले आगामी बजेट सत्रका लागि नीति तथा कार्यक्रमको तयारी गर्न नयाँ…

  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि डाकिएको छ । संसद् सचिवालयका अनुसार बैठकमा महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गरिनुका साथै छलफलका एजेन्डाहरू समावेश गरिएको छ । बैठकको सम्भावित कार्यसूचीमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ समावेश गरिएको छ । यस विधेयकमाथि सांसद प्रेम सुवालले दर्ता गराएको विरोधको सूचना…

  • देशको ढुकुटी रित्तो छ : प्रधानमन्त्री ओली

    देशको ढुकुटी रित्तो छ : प्रधानमन्त्री ओली

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको ढुकुटी खाली भएको बताएका छन्। मंगलबार बालुवाटारमा आयोजित सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भको उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पूर्व प्रधानमन्त्रीको हैसियतले आफूले नेतृत्व गरिरहँदा प्रशस्त बजेट रहेको उल्लेख गर्दै ओलीले अहिलेको अवस्था ‘काम गर्छु’ भन्न डराउनुपर्ने खालको रहेको बताए। “पहिले हामीले काम थाल्दा ढुकुटीमा…