Tag: नेपाल सरकार
-
सगरमाथा संवाद : मानव र पृथ्वीको भविष्य सुरक्षित गर्न साझा पहल – प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जाति र धर्तीको साझा भविष्यलाई सुरक्षित राख्न विश्व समुदायलाई एकत्रित गर्ने उद्देश्यसहित “सगरमाथा संवाद” आयोजना गर्ने तयारी रहेको बताएका छन्। आज सार्वजनिक भिडियो सन्देशमार्फत प्रधानमन्त्री ओलीले जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुने उक्त संवादबारे जानकारी दिएका हुन्। उनले भने, “पृथ्वीको भविष्य सुनिश्चित होस्, मानव जातिको भविष्य…
-
कर्मचारीको सामूहिक हस्ताक्षर: संघीय निजामती सेवा ऐन संशोधनको माग
काठमाडौं, बैशाख २८ —संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने माग राख्दै तीनै तहमा कार्यरत कर्मचारीहरूले सामूहिक हस्ताक्षर संकलन गरेका छन्। ‘राजपत्र अनङ्कित कर्मचारी संरक्षण अभियान’को संयोजनमा विभिन्न पदका साझा मागलाई समेटेर तयार पारिएको उक्त हस्ताक्षर आइतबार राज्य व्यवस्था तथा सुशासन समितिमा बुझाइएको हो। नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराईका अनुसार हालसम्म ७२०० भन्दा…
-
खानेपानीलाई उच्च प्राथमिकता दिँदै बजेट विनियोजन गरिने : मन्त्री यादव
देशभरका खानेपानी आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने खानेपानीमन्त्री प्रदीप यादवले बताएका छन्। वीरगञ्ज महानगरपालिका–१६ मा नागवा खानेपानी ओभरहेड ट्याङ्कीको शिलान्यास कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा खानेपानी क्षेत्रलाई उच्च प्राथमिकता दिने जानकारी गराए। मन्त्री यादवका अनुसार नेपाली जनतालाई शुद्ध र सुरक्षित पानी उपलब्ध गराउनु सरकारको प्रमुख लक्ष्य हो। “नागरिकलाई शुद्ध सुरक्षित…
-
तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
रूपन्देही । पच्चीस सय उनसत्तरी औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस यस वर्ष लुम्बिनीमा विशेष उत्सवका रुपमा मनाइने भएको छ । लुम्बिनी विकास कोषले शुक्रबार लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै विशेष समारोहबारे जानकारी दिएको हो । कोषका प्रचारप्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईका अनुसार बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वाण तीनै घटना एकै दिन पर्ने वैशाख पूर्णिमालाई लक्षित…
-
भारतीय राजदूत श्रीवास्तवद्वारा प्रधानमन्त्री ओलीसँग भेट
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सम्पन्न भेटवार्तामा राजदूत श्रीवास्तवले भारतको पहलगाममा गत अप्रिल २२ मा भएको आतङ्कवादी आक्रमणपछिको भारत–पाकिस्तानबीचको पछिल्लो तनावबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए, प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उक्त भेटमा राजदूत श्रीवास्तवले घटनाप्रति नेपाल सरकारले बिहीबार जारी गरेको वक्तव्यका…
-
गणतान्त्रिक मञ्चद्वारा वैदेशिक रोजगार विभाग प्रमुखको ध्यानाकर्षण — फेमिस प्रणाली, अनुगमन र जापान रोजगारका विषयमा गम्भीर सरोकार
काठमाडौं । वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले हालै नियुक्त महानिर्देशक कमल प्रसाद भट्टराईको ध्यान वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानतर्फ आकर्षित गरेको छ । मञ्चले फेमिस प्रणाली नियमित नचल्दा श्रम स्वीकृति प्रक्रिया प्रभावित भएको, अनुगमनको नाममा व्यवसायीमाथि अत्यधिक दबाब परेको, र जापान रोजगारीमा ऐनले नचिनेको भाषा प्रमाणपत्र अनिवार्य गरिएकाले समस्या थपिएको उल्लेख गर्दै यथाशीघ्र समाधानको माग…
-
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गाउँपालिकाका दुई सय बढीलाई रोजगारीको अवसर
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक गाउँपालिकाका दुई सयभन्दा बढी स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन्। चालु आर्थिक वर्षमा रु ५३ लाख ७४ हजार बजेट विनियोजन गर्दै सञ्चालन गरिएको १४ वटा योजनामार्फत रोजगारी सिर्जना गरिएको हो। गाउँपालिकाका सातै वडामा योजना विस्तार गरिएको छ, जसमा पदमार्ग निर्माण, मर्मत–सम्भार, गोरेटो बाटो सुधार, र सार्वजनिक शौचालय निर्माणजस्ता पूर्वाधारसम्बन्धी कार्य समावेश छन्।…
-
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान पुनः सुरु गर्न माग
भैरहवा, रुपन्देही । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्न माग गर्दै भैरहवामा आज एक घण्टे धर्ना कार्यक्रम सम्पन्न भएको छ। उडान ठप्प भई स्थानीय व्यापार र निजी क्षेत्र धराशायी बन्दै गएको भन्दै स्थानीय संघसंस्थाहरू आक्रोशित बनेका छन्। उद्योग व्यापार संगठन रुपन्देही (चेम्बर अफ कमर्स) को अगुवाइमा आयोजित धर्नामा दर्जनौं संघसंस्थाहरूले विमानस्थलको अन्तर्राष्ट्रिय…
-
खानेपानीमा संघ–प्रदेशको ऐतिहासिक सहकार्य : संघीय र कर्णाली प्रदेश सरकारबीच लागत साझेदारी सम्झौता
— खानेपानी तथा सरसफाइ क्षेत्रको सुशासन र पूर्वाधार विकासलाई थप सशक्त बनाउन नेपाल सरकार अन्तर्गतको खानेपानी मन्त्रालय र कर्णाली प्रदेश सरकार अन्तर्गतको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबीच आज ऐतिहासिक लागत सहभागिता सम्झौता सम्पन्न भएको छ। सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आयोजित कार्यक्रममा संघीय सरकारका तर्फबाट मन्त्रालयका सहसचिव इञ्जिनियर रमाकान्त दुवाडी र प्रदेश सरकारका तर्फबाट कर्णाली प्रदेशका सचिव…