Tag: प्रहरी अनुसन्धान

  • साथीले भेटाइदिएका महिलाबाट ‘हनी ट्र्याप’मा परे सरकारी कर्मचारी, मागियो घरजग्गा

    साथीले भेटाइदिएका महिलाबाट ‘हनी ट्र्याप’मा परे सरकारी कर्मचारी, मागियो घरजग्गा

    काठमाडौं – एक जना सरकारी कर्मचारी ‘हनी ट्र्याप’मा परेका छन्। सामाजिक सञ्जालमार्फत सुरु भएको सम्बन्धले उनलाई ब्ल्याकमेलमा पार्दै लाखौँ रुपैयाँ र घरजग्गासम्म मागिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सो घटनामा संलग्न दुई युवतीलाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा कैलालीकी ३४ वर्षीया ममता तामाङ र भक्तपुरकी ३४ वर्षीया आँचल श्रेष्ठ रहेका छन्। प्रहरीका…

  • सुद्धोधन गाउँपालिका अध्यक्ष श्री कमलेश शरण चौधरी सकुशल घर फर्किए
कपिलवस्तु

    सुद्धोधन गाउँपालिका अध्यक्ष श्री कमलेश शरण चौधरी सकुशल घर फर्किए कपिलवस्तु

    कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका अध्यक्ष श्री कमलेश शरण चौधरी सामान्य अनुसन्धानका लागि आफैं प्रहरीमा उपस्थित भएपछि, अदालतको आदेशअनुसार सकुशल आफ्नै निवास फर्किनु भएको छ। प्रहरी अनुसन्धानको प्रक्रिया अन्तर्गत उहाँले सम्पूर्ण विवरण स्पष्ट रूपमा प्रस्तुत गर्नु भएको थियो। अनुसंधान पश्चात अदालतबाट कुनै पनि किसिमको आपराधिक संलग्नता नदेखिएको पुष्टि भएसँगै उहाँलाई रिहा गरिएको हो। अध्यक्ष चौधरीले कानुनी प्रक्रियामा…

  • लमजुङमा तरूण दलको अधिवेशन खुकुरी प्रहारकाण्डमा परिणत, चार जनाविरुद्ध जाहेरी

    लमजुङमा तरूण दलको अधिवेशन खुकुरी प्रहारकाण्डमा परिणत, चार जनाविरुद्ध जाहेरी

    लमजुङ — नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दल लमजुङको पाँचौँ जिल्ला अधिवेशन हिंसात्मक घटनामा परिणत भएको छ। अधिवेशनका क्रममा भएको खुकुरी प्रहारलगायत आक्रमणमा संलग्न भएको आरोपमा चार जनाविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी दर्ता गरिएको छ। घाइतेको तर्फबाट इन्दु अधिकारीले जिल्ला प्रहरी कार्यालय लमजुङमा जाहेरी दर्ता गरेकी हुन्। प्रहरी प्रमुख डिएसपी रेशम बोहोराका अनुसार जाहेरीमा…

  • अछाममा बुहारीमाथि बलात्कार आरोपमा ससुरा पक्राउ

    अछाममा बुहारीमाथि बलात्कार आरोपमा ससुरा पक्राउ

    अछाम — अछामको चौरपाटी गाउँपालिकामा ससुरा नाता पर्ने व्यक्तिमाथि बुहारीलाई बलात्कार गरेको गम्भीर आरोप लागेको छ। पीडित महिलाको जाहेरीका आधारमा प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार, घटनाको उजुरी जेठ २ गते दर्ता गराइएको थियो। पीडितले दिएको जाहेरीमा ससुराले विगत एक वर्षदेखि डर र धम्की देखाएर पटक–पटक यौन दुव्र्यवहार गर्दै आएको…

  • चितवनमा बुवाद्वारा दुई बालबालिकामाथि धारिलो हतियार प्रहार, गम्भीर अवस्थामा अस्पतालमा उपचार

    चितवनमा बुवाद्वारा दुई बालबालिकामाथि धारिलो हतियार प्रहार, गम्भीर अवस्थामा अस्पतालमा उपचार

    चितवन, भरतपुर — चितवनको भरतपुर महानगरपालिका–२५ किसान चोकमा एक हृदयविदारक घटना घटेको छ। ४२ वर्षीय लिला गिरीले दुई बालबालिकामाथि धारिलो हतियार प्रहार गरेका छन्। घटनामा सजन गिरी र प्रभा गिरी गम्भीर घाइते भएका छन्। सजन लिलाका दाजुको छोरा हुन् भने प्रभा उनकी आफ्नै छोरी हुन्। सजनको उमेर ५ वर्ष र प्रभाको १३ वर्ष बताइएको छ।…

  • दाङको घोराहीमा लागु औषधसहित दुई जना पक्राउ

    दाङको घोराहीमा लागु औषधसहित दुई जना पक्राउ

    दाङ, घोराही — दाङको घोराही उपमहानगरपालिकाबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन्। घोराही–१४ मिलन चोकका २३ वर्षीय विशाल बुढा ६७० मिलीग्राम ब्राउन सुगरसहित आइतबार बेलुकी पक्राउ परेका हुन्। शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई प्रहरीले खानतलासी गर्दा पाइन्टको गोजीभित्र लुकाइ राखेको ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। त्यस्तै, घोराही–१३ आनन्दपुर टोलकी ५७…

  • रौतहटमा नवविवाहित युवतीको मृत्यु, माइती पक्षद्वारा हत्या आरोप

    रौतहटमा नवविवाहित युवतीको मृत्यु, माइती पक्षद्वारा हत्या आरोप

    रौतहट, कटहरिया — रौतहटको कटहरिया नगरपालिकामा विवाह भएको ६ महिनाभित्रै एक युवतीको शंकास्पद मृत्यु भएको छ। माइती पक्षले दाइजोको कारण हत्या भएको दाबी गर्दै घटनाको छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्। कटहरिया–३ बडेरवा टोल घर भई हाल कटहरिया–५ बजार क्षेत्रमा बसोबास गर्दै आएकी सानीया प्रविन (२१) को आइतबार दिउँसो आफ्नै घरको…

  • धनगढीमा नक्कली परीक्षार्थी पक्राउ

    धनगढीमा नक्कली परीक्षार्थी पक्राउ

    २७ वैशाख, धनगढी । धनगढीस्थित नाष्ट कलेजमा कक्षा १२ को परीक्षा दिइरहेकी एक युवती नक्कली परीक्षार्थीको रूपमा पक्राउ परेकी छन्। गोदावरी नगरपालिका–९ की १९ वर्षीया सिर्जना बोहरा अर्कैको नाममा परीक्षा दिइरहेको अवस्थामा शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार, उनी एलिजा शाहीको नाममा परीक्षा दिइरहेकी थिइन्।…

  • दुर्गा प्रसाईंले साढे २७ करोड ‘राउण्ड ट्रिपिङ्ग’ गरेको पुष्टि, ७ अर्ब २५ करोड बक्यौता

    दुर्गा प्रसाईंले साढे २७ करोड ‘राउण्ड ट्रिपिङ्ग’ गरेको पुष्टि, ७ अर्ब २५ करोड बक्यौता

    काठमाडौँ – चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा दुरुपयोग गरी ‘राउण्ड ट्रिपिङ्ग’ कारोबार गरेको खुलासा भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानमा प्रसाईंले तीनवटा कम्पनीको नाममा लिएको साढे २७ करोड रुपैयाँ जटिल तरिकाले कारोबार गराएको भेटिएको हो। अनुसन्धान अनुसार पूर्वाञ्चल क्यान्सर अस्पताल, होटल एट्रिअम प्रालि र यूए मेडिको…

  • मोटरसाइकल चोरेर भाग्दा टिप्परसँग ठोक्किएर दुर्घटना

    मोटरसाइकल चोरेर भाग्दा टिप्परसँग ठोक्किएर दुर्घटना

    काठमाडौँ, महाराजगन्जस्थित नारायणगोपाल चोकमा गएराति भएको एक सवारी दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार घटनामा संलग्न व्यक्ति मोटरसाइकल चोरी गरेर भागिरहेका बेला टिप्परसँग ठोक्किएका हुन्। गएराति करिब १२:४५ बजे नयाँ बसपार्कबाट नारायणगोपालतर्फ गइरहेको बा.४ ख १२०३ नम्बरको टिप्परले बागमती प्रदेश–०२–०४१ प ३९३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। मोटरसाइकल चालक धादिङको गजुरी घर भएका…