Tag: भारतीय सेना
-
श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई आक्रमण प्रयास, भारतले अधिकांश नाकाबन्दी गर्यो
नयाँ दिल्ली – भारत–पाकिस्तान सीमा क्षेत्रमा पछिल्ला केही दिनयता तनाव चुलिँदै गएको छ। शुक्रबार र शनिबारको मध्यरातमा सीमामा भएको सैन्य गतिविधिबारे जानकारी दिँदै कर्नेल सोफिया कुरेशीले २६ स्थानमा हवाई घुसपैठको प्रयास भएको बताइन्। भारतीय सेनाले आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, “पाकिस्तानी सेनाले पश्चिमी सीमाभर आक्रामक गतिविधि बढाएको छ। नियन्त्रण रेखामा ड्रोन प्रवेश, भारी हतियारबाट गोलाबारी…
-
भारतले पाकिस्तानसँगको तनावबीच ३२ विमानस्थल मे १५ सम्मका लागि बन्द गर्यो
नयाँ दिल्ली, वैशाख २७ – भारत र पाकिस्तानबीच पछिल्ला दिनहरूमा चुलिएको सैन्य तनावका कारण भारतले मुलुकका ३२ वटा विमानस्थलहरु आगामी मे १५ सम्मका लागि अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। भारतीय नागरिक उड्डयन प्राधिकरणका अनुसार यो निर्णय सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै गरिएको हो। भारतले ‘अपरेसन सिन्दुर’ अन्तर्गत पाकिस्तानका ९ स्थानमा गरेको हवाई आक्रमणको जवाफमा…
-
‘अपरेसन सिन्दुर’ पछि भारत–पाकिस्तानबीच युद्धको खतरा, तनाव उच्चतम बिन्दुमा
भारत–पाकिस्तान सम्बन्धमा फेरि चिसोपन चुलिएको छ। जम्मू–कस्मिरको पहलगाममा भएको आतंकी आक्रमणको जबाफस्वरूप भारतले बुधबार बिहान पाकिस्तानमा हवाई हमला गर्दै ‘अपरेसन सिन्दुर’ नामक सैन्य कारबाही सार्वजनिक गरेको छ। यस आक्रमणपछि दुवै मुलुकबीच पूर्ण युद्धको खतरा गहिरिंदै गएको छ। भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रेस ब्रिफिङमा पाकिस्तानमा रहेका आतंकवादी शिविरहरूमा निशाना साधिएको दाबी गरे। भारतीय सेनाले पन्जाब…
-
भारतले सीमापार पानी रोकेपछि भारत–पाकिस्तान तनाव झन् चुलियो, युद्धको सम्भावना ?
पाकिस्तानसँगको चर्किंदो तनावबीच भारतले सिन्धु नदी प्रणाली अन्तर्गत चेनब नदीमार्फत पाकिस्तानतर्फ प्रवाहित हुने पानी अचानक रोकेको छ। पहलगामको भीषण आतंकवादी हमलापछि भारतले पहिलोपटक यस्तो आक्रामक जलनीति अपनाएको हो, जसलाई विश्लेषकहरूले ‘पानीमार्फत युद्धको संकेत’ भन्दै हेरेका छन्। ब्लूमबर्गको रिपोर्ट अनुसार पाकिस्तानको इन्डस रिभर सिस्टम अथोरिटी (IRSA) का प्रवक्ता मुहम्मद खालिद इद्रीस रानाले चेनब नदीको प्रवाह सामान्यभन्दा…