Tag: राज्यविरुद्धको कसुर
-
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत तीनकुने घटनामा संलग्न आरोपमा पक्राउ
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई काठमाडौंको सुकेधाराबाट प्रहरीले पक्राउ गरेको छ। उनी चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा फरार थिए। उक्त घटनामा दुई जनाको मृत्यु भएको थियो, जसमा एक जना पत्रकार थिए। प्रदर्शनका क्रममा सरकारी कार्यालय र सवारीसाधनमा आगजनी, निजी सम्पत्तिमा तोडफोड र लुटपाट भएको थियो। जिल्ला अदालत काठमाडौंले बस्नेतविरुद्ध…
-
तीनकुने घटना : मिश्र र प्रसाईँसहित २४ जनालाई ५ दिनको म्याद थप
काठमाडौँ — तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र, दुर्गा प्रसाईँसहित २४ जनालाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ। न्यायाधीश मोना सिंहको इजलासले राज्यविरुद्धको कसुर अन्तर्गत सातौँ पटक हिरासत म्याद थप गर्ने आदेश दिएको हो। उनीहरूलाई पछिल्लोपटक वैशाख २१ गते म्याद थप गरिएको थियो। तर अनुसन्धान अझै अपूरा…