Tag: राष्ट्रिय स्वतन्त्र पार्टी

  • रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ भएन

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ भएन

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटको आज (बुधबार)का लागि तय गरिएको सुनुवाइ फेरि स्थगित भएको छ। मंगलबार न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उक्त मुद्दालाई हेर्दा हेर्दैमा राखेको थियो र बुधबार निरन्तरता दिने भनिएको थियो। तर, संवैधानिक इजलासमा बस्ने एक जना वरिष्ठ न्यायाधीश अनुपस्थित भएकाले सुवेदी संवैधानिक इजलासमा जानुपर्ने भयो।…

  • रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश सुवेदी र ढकालको इजलासमा

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश सुवेदी र ढकालको इजलासमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । यो मुद्दा न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको हो । यसअघि आइतबार न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले “हेर्न मिल्ने इजलास” मा पेशी तोक्न सर्वोच्च प्रशासनलाई निर्देशन दिएको थियो । सोहीअनुसार सोमबार…